Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

शोकमा विद्यालय बन्द

Sunday, December 23, 2018 National Power

सल्यान – तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर–३राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आज एक दिनलाई शोकमा बन्द गरिएको छ ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाले आज विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै शोकमा एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिए । आज यस क्षेत्रका निजी, सामुदायिक तथा प्राविधिक शिक्षालय बन्द भएका छन् ।