Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

धुलिखेलका नगरप्रमुखले अर्थिक अवस्था कम भएकाहरु लाई तालिम सञ्चालन गरी स्वरोजगार बनाउने

Sunday, December 16, 2018 National Power

 

१, पुस / काभ्रेपलान्चोक –  धुलिखेलका नगरप्रमुख अशोककुमार व्यञ्जुले आर्थीक अवस्था कम भएका मानिसहरूलाई स्वरोजगार बनाउने लक्ष नगरपालिकाले लिएको कुरा बताउनुभएको छ् ।

धुलिखेल नगरमा रहेको जुनसुकै समुदायको भएपनि आर्थीक अवस्था कमजोर भएको मानिसलाई तालिम सञ्चालन गरी स्वरोजगार बनाउनु साथै २५ सय मानिसलाई स्वरोजगार हुने गरी तालिम सञ्चालनको तयारी गरीरहेकोले मगर समुदायको अति आर्थक अवस्था नाजुक भएको व्यक्ति छानेर पठाउन अनुरोध नगरप्रमुख व्यञ्जुले गर्नुभएको छ ।

नेपाल मगर संघ धुखिेल नगरकमिटीले भर्खरै सम्पन्न नेपाल मगर संघ प्रदेश नं। ३ को प्रथम अधिबेशनबाट निर्वा्चित काभ्रे जिल्लाका प्रतिनिधीहरूको सम्मन तथा बधाई कार्यक्रममा बताएका हुन् । सम्मान तथा बधाई कार्यक्रम धुलिखेलको तालिम केन्द्रमा शनिवार सम्पन्न भएको हो ।

नेपाल मगर संघ धुलिखेल नगरकमिटीका अध्यक्ष कृष्ण बहादुर थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ काभ्रेका निबर्तमान अध्यक्ष राजकुमार थापा मगर प्रदेश ३ को अध्यक्ष, नेपाल मगर संघ काभ्रेका निर्वतमान कोषाध्यक्ष सरिता पुलामी मगर प्रदेश सदस्य र मगर चलचित्र निर्माता संघका जिल्ला अध्यक्ष लेखराम सारुमगर प्रदेश सदस्यमा निर्वा्चित भएकोमा बधाई दिदै कार्यक्रमका प्रमुख अतिथी व्यञ्जको हातबाट सम्मान पत्र दिएर सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल मगर संघ काभ्रेका कार्यबाहक अध्यक्ष अम्बरबहादुर आलेमगर, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजु, धुलिखेल नगरपालिका वडा नं। ११ का वडाध्यक्ष बिष्णु धिताल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल नगरपालिका वडा नं। ७ का सचिव तथा समाजसेवी धुर्व पराजुली लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेको थियो ।