Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बिबाह भएको छैन अफर त धेरै आउँछ ; नृत्य निर्देशक लिगेश भट्टराई

Tuesday, December 11, 2018 National Power

 

बनेपा काभ्रे – प्युठान जिल्लामा जन्मनुभएको कोरियोग्राफर लिगेश भट्टराई छोटो समयमै चर्चामा आउन सफल कोरियोग्राफर हुनुहुन्छ समाज सेवामा निरन्तर लागीरहेका कोरियोग्राफर विगत एघार बर्ष देखी चलचित्र क्षेत्रमा काम गर्दै आएकोले अहिले सफल कोरियोग्राफर भएको बताउनु हुन्छ। गित गाउन , डान्स गर्न, नयाँ बुक पढ्न, समाज सेवा गर्ने मन पराउने कोरियोग्राफर लिगेश भट्टराई आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले कोरियोग्राफर भट्टराई सँग गरेको छोटो कुराकानीः

० कार्यक्रममा तपाईंलाई स्वागत छ ?
धन्यवाद

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
चलचित्र क्षेत्र बाट आएकोले आज भोलि चलचित्रमा नै अलि ब्यस्त छु । अहिले दुई वटा फिल्मको कामहरु भएकोले यसमा नै बिजि छु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा कोरियोग्राफरको काम गर्नु भयो ?
मैले अहिले सम्म ३०० वटा भन्दा बढी म्युजिक भिडियोमा कोरियोग्राफरको काम गरे छु । साथै चलचित्रमा पनि काम गर्दै छु ।

० तपाईंले चलचित्रमा पनि नृत्य निर्देशन गर्नु भएको छ , अहिलेसम्म कति वटा चलचित्रमा नृत्य निर्देशन गर्नु भयो ?
सुरुमा मैले चलचित्रमा नै काम गरेको हो त्यस पछी म्युजिक भिडियोमा पनि काम गर्ने थाले अहिलेसम्म एक दर्जन भन्दा बढीमा चलचित्रमा नृत्य निर्देशन गरेको छु ।

० नृत्य निर्देशन गर्ने कतिको गार्‍हो छ ?
काम आफैंमा गर्‍यो हुन्छ , त्यस लाई सजिलो तरिकाबाट गर्ने सक्नु पर्छ । आफुले रोजेको क्षेत्र भएकोले मलाई नृत्य निर्देशन गर्न सजिलो नै लाग्छ ।

० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै भन्नू पर्छ ,आफुले रोजेको क्षेत्र भएको कारणले

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
बाँच्न लाई सकिन्छ , हरेक काम बाट जिबिको पार्जन भईरहेको छ चलचित्र क्षेत्र अहिले राम्रो हुँदै गएको छ । त्यसैले बाँच्न लाई गार्‍हो छैन ।

० कसको प्रेरणाबाट नृत्य निर्देशन क्षेत्रमा लाग्नुभयो ?
चलचित्र क्षेत्र हाम्रो घर परिवारको तीन पुस्ताको कोहि पनि हुनुहुन्न , हाम्रो पारिवारिक बाताबरण म पहिलो हो , मैले चलचित्र क्षेत्रमा केहि गर्नु पर्छ भनेर म आफैं यस क्षेत्रमा आएको हु ।

० तपाईंलाई पछि गएर कस्तो कोरियोग्राफरको बन्न मन छ ?
मलाई चलचित्र क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउने खालको र एउटा सफल कोरियोग्राफरको बन्न मन छ ।हाल सालै चलेको चलचित्र टिनेज बाट साल जिन्दगी बोरको गित चर्चामा आएको थियोे ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय म्युजिक भिडियो र चलचित्रमा अङ्ग प्रदर्सन गरेर छ्न तपाईंहरुले नृत्य निर्देशन गर्दा अङ्ग प्रदर्सन गर्नु भन्ने हो कि चलचित्र निर्माताले भन्ने हो ?

म चही के भन्छु भने यो सबै गित अनुसार हुन्छ । यो गित कस्तो छ भन्ने पहिला नै थाहा हुन्छ । हामीले गित अनुसार पहिरन लगाउन दिने हो । यो गितमा अङ्ग प्रदर्सन हुन्छ हुदैन पहिला नै थाहा हुन्छ र मैले अहिले सम्म यस्ता छाडा खालको गित काम गरेको पनि छैन ।

० नृत्य राम्रो भयो भने आफै चल्छ नि , किन त्यसरी अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो चर्चा कमाउनको लागि ?

हो म तपाईंको कुरामा सहमत छु । अङ्ग प्रदर्सन गर्दा दर्शक श्रोताहरुको नजरमा पनि नराम्रो सन्देश जान्छ । दीर्घकालीन रुपमा राम्रो सन्देश जाने खालको काम गर्नु पर्छ । छोटो समयको लागि चर्चा कमाएर हुदैन त्यसले पछि नकारात्मक असर पर्छ । गितमा राम्रो कलाकार , स्टेप , दृश्य , दर्शकहरुको माझ ल्याउन सकेमा गित आफै चल्छ ।

० तपाईंले नायिका हरुलाई कुनै त्यस्तो प्रलोभनमा परेर म्युजिक भिडियोमा खेलाउनु भएको छ ?
छैन छैन म काम गरेको पछी उहाँहरु लाई फेरि फेरि अर्को पटक बोलाउने गरि काम गर्छु । प्रलोभनमा पर्ने त्यस्तो काम म बाट भएको छैन हुँदा पनि हुदैन । म त्यस्तो गिरावट आउने काम कहिले पनि गर्दिन ।

० नायिका तथा मोडलहरु बाट तपाईंलाई कुनै अफर आएको छ्न कि छैन ?
हामी पनि यस क्षेत्रमा नै काम गर्ने हो काम गरेको एक दसक भएको छ बिबाह पनि गरेको छैन अफर त नआउने होइन आउछन् , उनिहरु लाई सम्झाउदै मेरो लक्ष्य , मेरो बाटो कहाँ पुग्नु पर्छ भन्ने तिर छु । अफर आए पनि वास्था नगरी म मेरो लक्ष्यमा पुग्ने कोशिश गर्दै छु ।

० तपाईंले आफुलाई लायकको केटि हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
पक्कै पनि त्यस्तो समय आयो भने , देश , समाज , परिवार , चलचित्र क्षेत्र र मलाई बुझने खलको केटी हेर्छु ।

० अन्तमा ?
नेपाली चलचित्र क्षेत्रका सबै मानिसहरु लाई दर्शक बिन्दहरुले मन पराई रहुन , नेपाली चलचित्र क्षेत्र यो भन्दा राम्रो हुँदै जाओस् बिकृती नफैलियोस भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद