Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

रोशी गाउँपालिकामा नृत्य प्रतियोगिता

Sunday, December 9, 2018 National Power

२३, मंसिर / काभ्रे –  रोशी गाउँपालिका स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिताको उपाधि पोक्रा माविले जितेको छ ।
जिल्ला समन्वय अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न गाउपालिका स्तरीय रोशी गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरु बीच भएको प्रतिष्पर्धामा पोक्रा मावि प्रथम, रोशी मावि दोस्रो, जोगेश्वर मावि तेस्रो भएका थिए । भने सान्त्वना पुरस्कार जनविजय मावि र भूमेस्थान माविले प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय अधिकारी कोमलप्रसाद धमलाले संगीत र नृत्य मानिसहरुको लागि अति आवश्यक र उपयोगी रहने धारणा राखेका थिए । उनले संगीतमा नरम्ने कोहि नभएको बताउँदै संगीत बज्दा शरीरमा पैदा नहुने मानिस रोगी हुने बताए । धमलाले जो बढी नाच्छ, ऊ बढी रमाउँछ र रमाउने खुशी हुने मान्छे नै स्वस्थ भै धेरै बाँच्ने भएकोले नृत्यको निकै महत्व रहेको बताए । यस्तै गाउँपालिका अध्यक्ष डिबी लामाले विद्यार्थीहरुमा भएको प्रतिभा प्रष्फुटनमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिका स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता आयोजना गरिएको धारणा राखेका थिए । लामाले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आफू सदैव कटिबद्ध रहेको समेत बताए ।

रोशी माध्यमिक विद्यालयमा सम्पन्न भएको रोशी गाँउपालिकाका अन्तर माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगीतामा विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथी धमला, रोशी गाउँपालिका अध्यक्ष दलबहादुर ९डिबी० लामा लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी बर्तौला, कांग्रेस नेता तथा शान्ति जन आदर्श सेवा क्लवका अध्यक्ष शंखबुद्ध लामा, नाङसाल एसोसियसनका कार्यकारी निर्देशक गुणराज मोक्तान, रोशीका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु लगायत स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा हाँस्य कलाकार तथा नेपालका कान्छा जादुगर गणेश के।सी।ले हाँस्य प्रस्तुति तथा जादु प्रदर्शन गर्दा उपस्थित अतिथि गण तथा विद्यार्थीहरु मेट मिचि मिची हाँस्न बाध्य भएका थिए । नृत्य निर्देशक गोविन्द राई, कलाकार, निर्देशक नाट्यकर्मी महासंघ काभ्रे तथा राष्ट्रिय संगीतकर्मी संघ काभ्रेका अध्यक्ष एवं नृत्य निर्देशक संघ नेपाल काभ्रेका सचिव अमरकृष्ण चन्द र मोडल, कोरियोग्राफर धनराज थापा मगरले निर्णयकको भूमिका निभाएका थिए ।

रोशि गाँउपालिकाको आयोजनामा सम्पन्न प्रतियिोगितामा रोशी गाउँपालिकामा रहेका १४ वटा विद्यालयहरु सहभागी थिए । कार्यक्रममा रोशी गाँउपालिकाका अध्यक्ष डीबी लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।