Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गीता देवी र प्रभावनको पन्चेबाजा कोसेलीमा पापी दाइ बने जिबन गौतम ( भिडियो )

Sunday, December 9, 2018 National Power

 

२३ मङ्सिर , बनेपा / अरबिन्द्र गौतम – काभ्रेपलान्चोक बनेपा गीता देवी र प्रभावनको पन्चेबाजा कोसेली पापी दाइ बोलको गित सार्वजनिक गरिएको छ । बहिनी र दाजुको माया प्रेमलाई समेटेर तयार गरिएको गितमा बिबाह गरेर पराई घरमा जानु पर्दाको दुख लाई समेटेर तयार गरिएको छ ।

मङ्सिर महिनालाइ लगन महिनाको रुपमा चिनिन्छ मङ्सिर महिना लगनको महिना कै अवसर पारेर पन्चे बाजा गीत ‘पापी दाई’ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक दाइ बोलको गीतमा गीता देवी र प्रभावनको स्वर रहेको छ ।

गीतको शब्द तथा संगीत डि।एन दाहाल र प्रभावनको रहेको छ भने डि। ए। आर।मुभिज एण्ड फिल्म इण्डस्ट्रिको प्रस्तुति रहेको भिडियोमा एउटी चेलीलाइ बिबाह गरेर बिदाइ गर्दै गर्दा माइतीको पिडालाइ प्रस्तुत गर्न खोजिएको छ ।

यथार्थ कुरालाई गितमा उतारीएको छ भने जीवन गौतम,पुजा पाठक, नारायण दंगालले गितमा अभिनय गरेका छ्न । रमणिय स्थान जयेन्द्र कुँवरले भिडियोको छायांकन गरेका हुन् भने बिबेक कुँवरले सम्पादन गरेका छन्। आर्ट निर्देशन रोशन झाको रहेको भिडियोलाइ प्रभावनले निर्देशन गरेका हुन् ।

 

भिडियो