Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

शान्तिप्रियलाई नवीन कला सम्मान

Friday, December 7, 2018 National Power

काठमाडौं – विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले प्रसिद्ध चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमका विच शान्तिप्रियलाई नवीन कला सम्मान गरिएको हो । वि.सं. २०१३ सालमा स्थापना भएको नवीन कला मन्दिरले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरेको हो । कार्यक्रममा प्रसिद्ध गीतकार रत्न शम्शेर थापा, प्रसिद्ध गायिका ज्ञानु राणा एवम् प्रसिद्ध अभिनेत्री शकुन्तला शर्मा सहित शान्तिप्रिय सम्मानीत भएका हुन् ।


सांस्कृतिक जागरण हाम्रो अभियान मुल नाराका साथ अघि बढेको नवीन कला मन्दिरले गरेको यस सम्मान कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्य थिए ।


रंग पत्रकार प्रियलाई विगत साढे दुई दशक देखि अनवरत रुपमा रंग पत्रकारिता एवं गीत लेखनका माध्यमबाट नेपालीकला संस्कृति, चलचित्र तथा गीत संगीत क्षेत्रको श्रीवृद्धिका निम्ती महत्वपूर्ण योगदान पु¥याए वापत योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको संस्थाले बताएको छ ।


कार्यक्रमका अध्यक्षका रुपमा संस्थाका अध्यक्ष निर्मल रिमाल थिए भने कार्यक्रमको संचालन गायक÷संगीतकार नरहरी प्रेमीले गरेका थिए ।