Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

शान्तिप्रियलाई नवीन कला सम्मान

Friday, December 7, 2018 National Power

काठमाडौं – विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले प्रसिद्ध चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमका विच शान्तिप्रियलाई नवीन कला सम्मान गरिएको हो । वि.सं. २०१३ सालमा स्थापना भएको नवीन कला मन्दिरले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरेको हो । कार्यक्रममा प्रसिद्ध गीतकार रत्न शम्शेर थापा, प्रसिद्ध गायिका ज्ञानु राणा एवम् प्रसिद्ध अभिनेत्री शकुन्तला शर्मा सहित शान्तिप्रिय सम्मानीत भएका हुन् ।


सांस्कृतिक जागरण हाम्रो अभियान मुल नाराका साथ अघि बढेको नवीन कला मन्दिरले गरेको यस सम्मान कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्य थिए ।


रंग पत्रकार प्रियलाई विगत साढे दुई दशक देखि अनवरत रुपमा रंग पत्रकारिता एवं गीत लेखनका माध्यमबाट नेपालीकला संस्कृति, चलचित्र तथा गीत संगीत क्षेत्रको श्रीवृद्धिका निम्ती महत्वपूर्ण योगदान पु¥याए वापत योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको संस्थाले बताएको छ ।


कार्यक्रमका अध्यक्षका रुपमा संस्थाका अध्यक्ष निर्मल रिमाल थिए भने कार्यक्रमको संचालन गायक÷संगीतकार नरहरी प्रेमीले गरेका थिए ।