Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पर्सामा डेढ विगाहामा लगाइएको गाँजा नष्ट

Friday, December 7, 2018 National Power

वीरगञ्ज – पर्साको ठोरी गाउँपालिकाको विजयवस्ती र ब्रम्हनगरमा रोपिएको डेढ विगाहाको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक मानबहादुर राइको नेतृत्वमा गएको टोलीले गाँजा खेती नष्ट गरेको हो ।

ठोरी गाउँपालिका वडा नं.४, विजयवस्तीमा विभिन्न व्यक्तिहरुले लगाएको अन्दाजी ढेड विगाहा ९३ कठ्ठामा लगाएको २२ हजार बोट गाँजा नष्ट गरिएको डीएसपी राईले जानकारी दिए । ‘भारतीय सीमा क्षेत्रबाट नजिकै पर्ने गाउँमा सुर्ति खेतीको बीचमा गाँजा रोपिएको रहेछ ,’ उनले भने ‘ सुर्तिबाट भन्दा तेब्बर आम्दानी आउने प्रलोभनमा रोपिएको हुन सक्छ, विशेष सूचनाको आधारमा गएर नष्ट गरेका छौं ।’

विगतमा पर्सा जिल्लामा प्रहरी प्रशासनसँगकै मिलेमतोमा व्यापक मात्रामा गाँजा खेति हुने गरेको भएपनि पछिल्लो समयमा खेति गर्न छोडिएको थियो । तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठको कार्यकालमा प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान नै चलाएर सखाप पारेको थियो । प्रहरी प्रशासनकै सक्रियतामा ६ वर्षदेखि जिल्लामा गाँजा खेती बन्द भएको थियो । कानुनी कारवाही, सचेतनाले जिल्लामा गाँजा खेती बन्द भएपनि मकवानपुरबाट निरन्तर रुपमा गाँजा आउने गरेको छ । मकवानपुरबाट आउने गाँजा नियन्त्रण नगरेका कारण पर्सामा फेरी मानिसहरु गाँजा खेतीतर्फ उन्मुख भैरहेको स्थानियको भनाइ छ ।

यसवर्ष पर्साको विभिन्न स्थानमा लुकीछिपी गाँजा खेति भएको सुचना प्राप्त भएको प्रहरी श्रोतले जनाएको छ । डीएसपी राईका अनुसार गाँजा खेति भएको सूचना आउने वित्तिकै प्रहरी परिचालन गरेर नष्ट गरिनेछ ।