Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

लोकसेवा पास गराइदिन्छु भन्दै परीक्षार्थीसँग एक लाख घुस १

Monday, December 3, 2018 National Power

 

१७,मंसिर – पोखरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा।तारानाथ पौडेललाई १ लाख रुपैयाँ घुससहित समातेको छ। लोकसेवाको अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १ लाख रुपैयाँ घुस लिँदा लिँदै उनी पक्राउ परेका हुन्। पोखरा बुद्धचोकमा घुस लेनदेन भइरहँदा आइतबार साँझ ५ बजे पौडेल समातिएको अख्तियार पोखरा कार्यालयका प्रवक्ता रमेश ढकालले जानकारी दिए। हालै भएको लोकसेवा आयोगको अहेबको अन्तर्वार्तामा भाग लिइसके का उम्मेदवारसँग पौडेलले घुस लिएका हुन्। अहेबको नतिजा निस्कन लागेको र नम्बर चढाउन बाँकी छँदै आफूले काम गरिदिने भन्दै पौडेलले एक परीक्षार्थीसँग घुस मागेको ढकालले सुनाए।

पौडेल लोकसेवाले लिएको अहेबको अन्तर्वार्तामा विशेषज्ञका रुपमा अन्तर्वार्ता लिन केहीअघि गएका थिए। त्यही बेलाका एक परीक्षार्थीलाई फोन गरी पास गराइदिन्छु तर १ लाख चाहिन्छ भनेर पौडेलले सताएका थिए। सहसचिव पौडेल यसअघि पनि विवादास्पद पात्र हुन्। गर्भपतनले कानुनी मान्यता नपाएको बेला उनले गर्भपतन गराएको भेटिएपछि उनी जेलै परेका थिए। पौडेल अनिवार्य अवकासमा जान २ वर्ष बाँकी छ। असोज २४ गते उच्च सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापालाई अख्तियार पोखरा का कर्मचारीले ५ लाख रुपैयाँसहित पक्राउ गरेका थिए। त्यसको ३ दिनअघि मालपोतका २ कर्मचारी घुससहित समातिएका थिए।

– Sidha kura