१७ , मंसिर / काभ्रेपलान्चोक – काठमाडौंमा जन्मनुभएकी मोडल तथा नायिका एलिना बाँस्कोटा छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकाहरु मध्ये पर्नुहुन्छ । समाज सेवा गर्ने , डान्स गर्न, नाटक गर्ने , व्यवसाय गर्ने मन पराउने मोडल तथा नायिका एलिना बाँस्कोटा आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल तथा नायिका एलिना बाँस्कोटा सँग गरेको छोटो कुराकानीः
० तपाईंलाई कार्यक्रममा स्वागत छ ?
धन्यवाद
० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
मेरो नयाँ चलचित्र अदालत आउँदै गरेको छ । म्युजिक भिडियो , प्रोग्रामहरुमा अलि ब्यस्त छु अनि मैले कुकुरहरुको व्यवसाय संचालन गरेकोले यता तिर पनि थोरै बिजि छु ।
० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
अहिलेसम्म दश , एघार वटा जति भयो होला ।
० तपाईंले चलचित्रमा खेल्नु भएको छ अहिलेसम्म कति वटा चलचित्रमा खेल्नु भएको छ ?
पाँच वटा चलचित्रमा खेलेको छु । बिस्तारै निरन्तरता पनि दिदै छु । अहिले मेरो नयाँ चलचित्र अदालत आउँदै गरेको छ ।
० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
हरेक काम आफैमा गर्यो हुन्छ तर त्यसलाई सजिलो तरिकाबाट गर्न सक्ने हुनुपर्छ , सबै काम सजिलो नै हुन्छ ।
० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
पारिश्रमिकमा अलि सन्तुष्ट छैन ,अलि गर्यो नै हुन्छ हामी सबै लाई कलाकारहरु सबैले भोगी रहेको कुरा जस्तो लाग्छ । तर म मिडियामा पनि काम गर्छु र मिडियामा काम गर्दा अति नै सन्तुष्ट छु नयाँ ठाउँ जान नयाँ ब्याक्तीहरु सँग भेटदा नयाँ कुरा सिक्ने मौका मिल्छ म त्यसमा खुशी छु ।
० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
अलि गर्यो छ त्यसमा सय जानमा एक जना सफल हुन सक्नु हुन्छ तर सबै लाई गर्यो छ भन्नू पर्छ । सत्य तितो हुन्छ तर यहीँ सत्य हो ।
० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
कलाकार बन्ने मेरो सपना थियोे र मेरो सपनाहरू पुरा गर्ने पत्रकार सबिन शाक्य सर , जो हाम्रो मेगा टेलिभिजनमा हुनुहुन्छ उहाँको ठूलो हात थियोे ।
० तपाईंलाई पछि गएर कस्तो नायिका तथा मोडल बन्न मन छ ?
दर्सक श्रोताले मन पराउने नायिका तथा मोडल बन्न मन छ
० तपाईंले बिबाह गर्नु भएको छ ?
अहिलेसम्म गरेको छैन । बिबाह त मैले मिडिया सँग गरेको छु ।
० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
मलाई माया गर्ने होस र मेरो कलाकारिता बुज्ने होस् । मेरो सपनाहरू लाई आफ्नो सम्झिने होस ।
० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
अङ्ग प्रदर्सन गर्नु पर्छ भन्ने छैन , तर नायिका भएपछि पाएको भुमिका लाई निभाउनु पर्छ यदि कथाले माग्छ भने त्यसलाई अङ्ग प्रदर्सन भन्न मिल्दैन मेरो सोचाइमा ,
० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित र फिल्म कुन हो ?
अहिन्शा नै हो र अब अदालत हुन्छ कि भन्ने आशमा छु दर्सक र हजुर हरुको साथ भयो भने सफल हुन्छ ।
० तपाईंको विचारमा जीवन के हो ?
खुशी हो जो हरेक समय मा खुसी हुन र रुने लाई खुशी बनाउनु नै असल जीवन हो । भन्छन् नि दुई दिनको जिन्दगीमा मरि लानु के छ र तर खुशी साथ बिताउदा जीवन भरी याद दिलाउछ ।
० अन्तमा ?
तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद अनि मलाई माया गर्ने दर्शक हरुलाइ धेरै माया गर्नुस् भन्न चाहान्छु ।
जय मिडिया
जय कलाकार