तामाङ गायक एवं नायक आरम्भ तामाङ अभिनित तामाङ चलचित्र ङ्हो को (खरिबा होइ खरिबा, ङई माया चिम्बरी) अर्थात् आउदैछु म, मेरो मायालाई लिन नामक पहिलो गीत सार्बजनिक भएको छ । यो चलचित्र नायक आरम्भ तामाङको दोश्रो चलचित्र हो भने उनको पहिलो चलचित्र थ्यो सिङ्ला माने । उनि अभिनित पहिलो चलचित्रले सम्पुर्ण तामाङहरुको मन जित्न सफल भएको र व्यावसायिक रुपमा पनि उक्त चलचित्रले राम्रै हात पार्न सफल भएको थियो ।
चलचित्र ङ्हो अहिले सम्मकै सबैभन्दा ठूलो बजेटमा निर्माण भएकोले यसमा उच्चतम आधुनिक प्रविधिको प्रयोग भएको तथा चलचित्रको कथावस्तु पनि उत्कृष्ट रहेको हुनाले तामाङ चलचित्रको जगतमा नयाँ युगको प्रारम्भ हुने निर्माण पक्षले जानकारी दिएका छन । चलचित्र छिट्टै नै दर्शकहरु माझ आउने पनि निर्माण पक्षले जानकारी दिएका छन ।