Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काभ्रेमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

Monday, November 26, 2018 National Power

 

१० ,मंसिर / काभ्रे – आज विहान १० बजे १०काभ्रेको नमोवुद्ध नगरपालिकाको श्रीराम वस्ती बुचाकोटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिकामा पर्ने खार्पाचोकबाट आइरहेको बा। ३ ख। २५४१ नम्बरको बसमा को २८ प१३१४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दिपक थापामगरको मृत्यु भएको हो ।

सुनसरी जिल्ला हाँसपस भन्ने ठाउँमा स्थायी घर भई हाल कानेपोखरी गाउँपालिका वडा नं। ७ मोरङमा बस्दै आएका वर्ष ३९ का मृतक थापामगर पूर्वतर्फ जाँदै गर्दा बनेपातर्फ आउँदै गरेको बसमा ठोक्किएका थिए ।

मोटरसाइकलमा एकजना मात्रै सवार रहेको स्थानीय वडाध्यक्ष सञ्जिव ढकालले बताए । वडाध्यक्ष ढकालकाअनुसार मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने बस र चालकलाई भकुण्डे प्रहरीले नियन्त्रणमा लिएको छ
–  खबर घर बाट