Friday 11th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

हिजो क्रान्तिको नेतृत्व गरेपनि अब प्रचण्ड डाँका बनिसके : गोपाल किराँती

Saturday, November 24, 2018 National Power

काठमाडौं –  एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम् पूर्वमन्त्री गोपाल किराँती सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खनिएका छन् । उनले प्रचण्डलाई डाँकाको संज्ञा पनि दिएका छन् ।

शनिबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको पाँचौँ वर्षगाँठका अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । पूर्वमन्त्री किराँतीले हिजोका दिनमा प्रचण्डले क्रान्तिको नेतृत्व गरेपनि अहिले उनी डाँका बनिसकेको आरोप लगाए ।

उनले गम्भिर आरोप लगाउँदै भने,‘प्रचण्डले अहिले सम्पत्ती थुपारे, जनतालाई धोका दिए, प्रचण्ड डाँका भए।’ त्यस्तै उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार खाल्टोमा भासिइसकेको पनि आरोप लगाए ।