Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

महिलाहरूको पाठेघर सम्बन्धि VIA परीक्षण शिविर कार्यक्रम सुरु

Friday, November 16, 2018 National Power

 

३० कार्तिक ,बनेपा / अरबिन्द्र गौतम –  बनेपा नगरपालिका वडा नं ५ रविओपि स्थित गंगादेवी मा।वि।मा बनेपा नपा वडा नं ५, NNCRT अस्ट्रेलियन दुतावासको सहयोग र समन्वयमा २५ वर्ष देखि ६० वर्ष सम्मका महिलाहरूको पाठेघर सम्बन्धि  NNCRT शिविर कार्यक्रम संचालन गरियो ।

शिविर संचालनका अवसरमा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप(प्रमुख श्री रेखा सापकोटा दाहाल, NNCRT  का अध्यक्ष डा.श्री सुरेन्द्र बादे श्रेष्ठ, बनेपा नपा वडा नं ५ का वडा अध्यक्ष श्री बलराम अधिकारी, वडा सदस्य श्री सागर मानन्धर, श्री राजकुमार भालु, श्री ज्ञानु मिजार वडा सचिव श्री राजु खत्री लगाएत अन्य महानुभावहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बनेपा नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूले बनेपाका विभिन्न वडामा शिविर संचालन गरी ४२०० जना महिलाहरूको निःशुल VIA परीक्षण गरीने जानकारी दिनु भयो ।

बनेपा नपा ५ नं वडा अध्यक्ष श्री बलराम अधिकारीज्यूका अनुसार सो शिविरमा वडा नं ५ का १६० जना महिलाहरूले VIA परीक्षण गराउनु भएको थियो ।