Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

जादुगर केसी निर्देशन तिर जम्दै ( भिडियो सहित )

Friday, November 16, 2018 National Power

३०,कार्तिक – काभ्रेपलान्चोक पछिल्लो समय नेपालकै कान्छा जादुगरको रुपमा परिचय बनाउँदै गएका प्रतिभा जादुगर तथा हास्य कलाकार गणेश केसी निर्देशनतर्फ लागेका छन् । केसीको डेब्यु निर्देशन रहेको ‘टोलाइ रहें ’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

गायक अशोक तामाङको आवाजमा सजिएको गीत ‘टोलाई रहे’ को म्युजिक भिडियो सार्बजनिक भएको छोटो समयमा नै चर्चामा आउन सफल भएको छ । जसमा छायाँकन तथा निर्देशन केसीको रहेको छ भने गायक तामाङ कै शब्द रचना रहेको छ । गीतलाइ संगीत बिष्णु तामाङले भरेका छन । भिडियोमा प्रतिक्षा मोक्तान, रोहित नापित तथा युनिक तितुङले आकर्षक अभिनय गरेका छन्

भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् । सनम सुवालको श्रृङ्गार रहेको भिडियोलाई जनता डिजिटलले बजारमा ल्याएको हो ।

हाँस्य कलाकारको रुपमा चर्चा कमाउन सफल केसी पछिल्लो समय जादुगरीमा समेत आफ्नो छुट्टै परिचय बनाइरहेका छन् । पछिल्लो समय विभिन्न महोत्सव, स्टेज कार्यक्रम तथा टेलिभिजन कार्यक्रममा आफ्नो प्रस्तुति दिनमा व्यस्त रहेका केसी निर्देशित उक्त गीतको म्युजिक भिडियो निकै नै आकर्षक रहेको छ । कलाकारिताको क्षेत्रमा आशा लाग्दा प्रतिभा केसी आफूमा भएको कलालाई अब निर्देशन मार्फत उजागर गर्न चाहेको बताउँछन् ।

भिडियो

https://www.youtube.com/watch?v=AcymCEM3jVE