Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जादुगर केसी निर्देशन तिर जम्दै ( भिडियो सहित )

Friday, November 16, 2018 National Power

३०,कार्तिक – काभ्रेपलान्चोक पछिल्लो समय नेपालकै कान्छा जादुगरको रुपमा परिचय बनाउँदै गएका प्रतिभा जादुगर तथा हास्य कलाकार गणेश केसी निर्देशनतर्फ लागेका छन् । केसीको डेब्यु निर्देशन रहेको ‘टोलाइ रहें ’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

गायक अशोक तामाङको आवाजमा सजिएको गीत ‘टोलाई रहे’ को म्युजिक भिडियो सार्बजनिक भएको छोटो समयमा नै चर्चामा आउन सफल भएको छ । जसमा छायाँकन तथा निर्देशन केसीको रहेको छ भने गायक तामाङ कै शब्द रचना रहेको छ । गीतलाइ संगीत बिष्णु तामाङले भरेका छन । भिडियोमा प्रतिक्षा मोक्तान, रोहित नापित तथा युनिक तितुङले आकर्षक अभिनय गरेका छन्

भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् । सनम सुवालको श्रृङ्गार रहेको भिडियोलाई जनता डिजिटलले बजारमा ल्याएको हो ।

हाँस्य कलाकारको रुपमा चर्चा कमाउन सफल केसी पछिल्लो समय जादुगरीमा समेत आफ्नो छुट्टै परिचय बनाइरहेका छन् । पछिल्लो समय विभिन्न महोत्सव, स्टेज कार्यक्रम तथा टेलिभिजन कार्यक्रममा आफ्नो प्रस्तुति दिनमा व्यस्त रहेका केसी निर्देशित उक्त गीतको म्युजिक भिडियो निकै नै आकर्षक रहेको छ । कलाकारिताको क्षेत्रमा आशा लाग्दा प्रतिभा केसी आफूमा भएको कलालाई अब निर्देशन मार्फत उजागर गर्न चाहेको बताउँछन् ।

भिडियो

https://www.youtube.com/watch?v=AcymCEM3jVE