Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ठूलोभर्‍याङमा ट्रान्सफर्मर पड्किँदा घर जल्यो

Thursday, November 15, 2018 National Power

काठमाडौं –  विद्युत्त ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलोभर्‍याङमा बिहीबार बिहान आगलागी भएको छ । ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ ।

तर, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीका डीएसपी सुधीरराज शाहीले जानकारी दिए । शाहीका अनुसार, बिहान ७ बजे लागेको आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।