Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७५ बनेपमा हुँदे

Sunday, November 11, 2018 National Power

अरबिन्द्र गौतम,काभ्रे  – बनेपा महामती श्री प्राणनाथ प्राकट्य चतुर्थ सताब्दि एंव श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७५ यहि कार्तिक २६ देखी श्रीकृष्ण प्रणामी धर्म जिल्ला समितिले संचालन गर्दै छ ।

बनेपाको पुलबजारमा रहेको पञ्चकन्या वैन्क्वेटमा नवतधाम नेपालका गदिपती बाबाजी सन्त श्री १०८ अमृतराज महाराज जिको समुपस्थितिमा प्रखर वाचक श्रीमदभागवताचार्य श्री पुरुषोत्तम खतिवडा शास्त्री ज्युका मुखार बिन्दवाट वाचन हुँदै छ ।

महोत्सवमा संगीतमय झांकी सहित श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७५ एंव श्रीमद् तारतम सागरको २७ पाठ पारायण ज्ञान महायज्ञमा सहभागी हुनको लागी श्रीकृष्ण प्रणामी जिल्ला समिति काभ्रेले सबै लाई निमन्त्रणा गरेको छ ।

कार्यक्रम यहीँ कार्तिक २६ गते देखी मंसिर ४ गते सम्म बनेपा काभ्रेको पुलबजारमा रहेको पञ्चकन्या वैन्क्वेटमामा हुदै छ