Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

दैलेखमा जुवाडे र प्रहरीबीच झडप, इन्सपेक्टरसहित दुई प्रहरी घाइते

Saturday, November 10, 2018 National Power

दैलेख– दैलेखमा जुवाडे र प्रहरीबीच झडप हुँदा इन्सपेक्टरसहित दुई प्रहरी घाइते भएका छन् । दुल्लु नगरपालिकको मुख्य बजारमा जुवा खेल्ने समूह र प्रहरीबीच झडप हुन पुगेको हो । झडपमा इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर बजीरसिंह बिष्ट र सहायक निरीक्षक सुजन खड्का घाइते भएका छन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रवार राति उनीहरुलाई नियन्त्रणमा लिन त्यहाँ पुग्दा जुवाडेले अवरोध पुर्याएपछि सो झडप हुन पुगेको बताइएको छ ।