Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

संचारकर्मि गौतमद्वारा निर्मित लोक नाटक लिलामे माईलो प्रदर्शनको तयारीमा 

Wednesday, November 7, 2018 National Power

२१, कात्तिक – काभ्रेपलान्चोक नेपाली लोक नाटक लीलामे माइलोको प्रोमोसन भिडियो सार्वजनिक गरिएको छ । दर्शकहरुलाई नाटक हेर्न जाउँ(जाउँ हुने गरी हुर्रा नृत्यमा भिजुओल बाट निम्तो दिईएको छ ।

नेपालमा पहिलो पटक यसरी नाटकको प्रोमोसन भिडियो बनाएको नाटकका कार्यकारी निर्माता राजाराम गौतमको दाबी छ । नाटकमा प्रयोग गरिएका सम्पुर्ण भिडियोहरु १ महिना अगाडि लिलामे माइलोको कलाकार सहितको टोली चरित्र निर्माणका लागि मोरङ जिल्लाको लेटाङको राजारानी क्षेत्रमा पुग्दा खिचिएका हुन् ।

गितको शब्द शितल कादम्बिनी र नाटकका निर्देशक प्रभाकर न्यौपाने, स्वर शितल कादम्बिनिका साथमा हुर्रा टोलीहरु, लाइभ म्युजिक प्रकाश घिमिरे र साथमा साथिहरुको रहेको छ । लिलामे माइलो नाटकको लागि चरित्र निर्माणको क्रमा कलाकार टोलिले गरेका सम्पुर्ण गतिबिधिलाई समेट्ने काम युसव गौतमले गरेका थिए ।

भिडियो बाट नाटकहेर्न बोलाउने मात्र नभई लेटाङको राजारानी क्षेत्रलाई पनी पर्यटन प्रवद्दनमा सघाउन पुग्ने छ । नाट्य रुपान्तरण स् राज थापा काउचा, कथा÷निर्देशक स् प्रभाकर न्यौपाने रहेका छन् । प्रयोगवादी नाटकलार्य फिल्ड्मा कलाकार गएर चरित्र निर्माण गर्दा कलाकारहरुलाई सजिलो हुने नाटकका निर्देशक तथा लेखक प्रभाकर न्यौपानेको भनाइ छ ।

भिडियो निर्माण नाटकका कार्यकारी निर्माता राजाराम गौतमले गरेका हुन् । मंसिर १४ गते देखि पुस ७ गते सम्म कुञ्ज नाटक घर नयाँ बानेश्वर थापागाउँ, सी।डी।ओ टोलमा नाटक मञ्चन हुने छ ।

 

Sabaiko samachar