Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मंसिर ७ मा कोईला आउदै

Monday, November 5, 2018 National Power

१९ कार्तिक, काठमाण्डौ –  चलचित्र तयार भएको लामो समय भइसकेको र प्रदर्शनमा भने ढिला भएको मा निर्माण पक्ष सम्पुर्ण दर्शक समक्ष माफि माग्दै भनेका छन् अब प्रतिक्षाको समय सकिनै लागेको छ । केहि समय पहिले कलकिं हलमा गरिएको च्यारिटि शो पश्चात दर्शकहरु कोईला चलचित्रको प्रदर्शनको पर्खाईमा बसेका छन् , च्यारीटि शोमा चलचित्रले राम्रो प्रतिक्रिया पाए सँगै निर्माण पक्ष पनि चलचित्रले सम्पुर्ण दर्शकहरुको मन जित्नेमा बिस्वश्त छन् ।

चलचित्र कोईला यस अघि बैशाख २१ मा दर्शक माँझ आउने मिति तय भैसकेको थियो तर उक्त मितिमा धेरै चलचित्र एक साथ लाग्ने भएको कारण पनि आफ्नो प्रदर्शन मिति पछि सारेको र अब भने मंसिर ७ मा प्रदर्शन गर्ने तय भएको निर्माण पक्षले बताएका छन् । चलचित्र कोईला आरोहि फिल्मस्को ब्यानरमा निर्माता बि जे शर्माले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन् ।

चलचित्रमा एक्सन नायकको रुपमा आफुलाई चिनाउन सफल नायक प्रज्वल गिरी,सोनीया गिरी,ममता खड्का,ध्रुब कोईराला,किरण थापा,कालु राणा,देब नेपाल, रामचन्द्र अधिकारी सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास, अभिषेक गिरी, लगाएत कलाकारहरुको सशक्त अभिनय देख्न सकिन्छ । गजेन्द्र रञ्जित निर्देशित उक्त चलचित्रको छायाकंन मदन कस्यप घिमिरेले गर्नुभएको छ ।

चलचित्रमा नेपालकै एक सुकुम्बासिको कथा ब्यथालाई समाबेश गरिएको र चलचित्र हेर्न हल पुग्नुहुने दर्शकहरुलाई चलचित्रले २ घण्टाको अवधि ढुक्कका साथ बाँधेर राख्नेमा ढुक्क रहेको बताउछन् निर्माण पक्ष । चलचित्र हासोे, रोदन, एक्सन समाबेश एक पुर्णतया मानोरञ्जन दिलाउने चलचित्र बनेको मा ढुक्क छन् निर्माण पक्ष चलचित्रमा पछिल्लो समयका ब्यस्थ यूवा द्धन्द निर्देशक श्रृ श्रेष्ठले गर्नु भएको छ । चलचित्रलाई सफताको शुभकामना