Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

काभ्रेको चौंरीदेउरालीमा ट्रक दुर्घट्ना, पाँचजना गम्भिर घाइते

Saturday, November 3, 2018 National Power

१७,कार्तिक – काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घट्ना हुँदा ५ जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं.को खाली ट्रक सडक देखि अन्दाजी १ सय फिट तल खसी दुर्घना भएको थियो । ट्रकमा ७ जना सवार थिए ।

घाईते हुनेहरुमा भुम्लु गापा वडा नं. ६ बस्ने श्रीकृष्ण पहरी, निरबहादुर पहरी, चालक सरोज पहरी, सरोज पहरी र सुमन पहरी रहेका छन् । उनीहरु पाँचै जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गम्भिर घाईते भएका ५ जनालाई धुलिखेल सामुदायिक अस्पतालमा उपचारको लागि ल्याउँदै गरेको प्रहरीले तेमाल अनलाईनलाईलाई जानकारी दिएको छ ।

तेमाल अनलाईन बाट