Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

काभ्रेको पनौती नगरपालिकामा साझा मञ्च गठन

Wednesday, October 31, 2018 National Power

१४ , कार्तिक –  काभ्रेपलाञ्चोक  सिंहदरबारको प्रशासन गाउगाउमा भन्ने नारा र अभ्यास अनुसार सम्पूर्ण अधिकार गाउँगाउमा गएको छ । पछिल्लो चरण स्थानीय रूपमा स्रोत सङ्कलन देखि परिचालन पद्धतिको विकास पनि स्थानीय सरकार मार्फत नै सुरु भएको छ यसर्थ पनि समग्र नागरिकको दायित्व र भूमिका र बोध हुन थालेको छ ।

स्थानीय रूपमा आफ्नो स्रोत अनुसार खोजी र जिज्ञासाको अभ्यास पनि सुरु भएको छ । यसै सिलसिलामा पनौती नगरपालिकामा स्थानीय नागरिकको जिज्ञासा र विषय वस्तुमा नजिक रही सुसूचित र पारदर्शी नगरपालिका निमार्णको लागी नगरपालिका मार्फत नागरिकको घरदैलामा जनप्रतिनिधि वार्षिक रूपमा प्रत्येक वडामा वर्षको दुई पटक पौष महिना र जेठ महिनामा गर्ने गरी कार्य योजना नै बनाई अगाडी बढिरहेको छ ।

स्थानीय नागरिकको समस्या र सवालमा जनप्रतिनिधि तथा स्थानीय नगरपालिका प्रशासनको सक्रियतामा प्रत्येक वडामा वडा अध्यक्षको सक्रियतामा स्थानीय सभा गठन गरी आगामी दिनमा नागरिकको सवाललाई सम्बोधन गर्ने कार्य योजना पनि रहेको छ ।

समग्रमा वार्षिक कार्ययोजनामा भएको कृषि शिक्षा स्वास्थ्य तथा प्रकोप विपद्धको विषयमा आम नागरिकको सवाल सम्बोधन गर्ने गरी पनौती नगरपालिका नगर प्रमुख भीम न्यौपानेको संयोजकत्वमा कृषि, शिक्षा, स्वास्थ्य, तथा प्रकोप विपत् सहित को नगरपालिकामा गठन हुने र नागरिक मार्रफत उठेन सवाल लाई सम्बोधन गर्न विषयगत समूह मार्फत सम्बोधन गर्ने गरी साझा मञ्च गठन भएको छ ।

साझा मञ्चमा कृषिशाखाका रितिसा पौडेल, पशु शाखा का मणि सापकोटा, शिक्षा शाखाका श्याम बहादुर कार्की, स्वास्थ्य, सञ्चार, सद् योग वाणिज्य सङ्घ र नागरिक समाजसहितको स्थानीय सभा सामुदायिक सारथिको वडा नं। १ रायलेका स्थानीय सभा संयोकज तुल प्रसाद सापकोटा र रायले रेडियो श्रोता समूह सहजकर्ता विनिता श्रेष्ठ समेत प्रत्येक वडाका वडा अध्यक्ष पदाधिकारी रहने गरी र प्रत्येक चौमासिकमा बैठक बसी स्थानीय सवाल सम्बोधन गर्ने निर्णय बैठकमा छलफल कार्यक्रम सम्पन्न भयो ।

स्थानीय सभाको टलफलको क्रममा मुख्य रूपमा रहेको चुनौती र साझा सभा गठनको समयमा पनौती नगरपालिकाको भूगोल अनुसार वडा गत रूपमा फरक फरक समस्या र चुनौती रहेको छन् । कृषि वालिमा बदले, दुम्सि, मृग, र बादर बाट पीडित रहेको स्थानीय नागरिक हरेको गुनासो रहेको छ ।

जङ्गली जनवारबाट लगाइएको बालिबाट उत्पादन लिन नपाउनु समस्या रहेको एउटा समस्या रहेको छ भने अर्को तर्फ जङ्गली जनावर नियन्त्रणको लागी स्थानीय सरकार मार्फत कानुन बनाउने अधिकार नहुँदा यस प्रकारको समस्याको कारण पनि अधिकांश कृषि योग्य भूमि बाझिँदै जाने अवस्था वृद्धि हुँदै गएको छ । जसमार्फत कृषि उपज आयात प्रतिस्थापन गर्न नसकिने प्रस्ट देखिन्छ । यस प्रकारको समस्या लाई न्यूनिकरणको लागी स्थानीय सरकारलाई कानुन बनाउन अथवा जङ्गली जनावरलाई नियन्त्रण गर्न गत वर्ष जिल्ला प्रशासन कार्यालय, जिल्ला बन कार्रलाय, तथा जिल्ला प्रहरी कार्यालयलाई गरिएको ध्यान आकर्षणको कुनै सुनुवाइ नहुँदा स्थानीय सरकार मार्फत आफूले गरेको प्रयासमा प्रशासनको सहयोगमा भूमिका बढाउनु पर्ने धारणा पनि नगरपालिका प्रमुख सहित उपस्थित वडा अध्यक्ष तथा प्रशासन शाखा तथा विषय शाखाका प्रतिनिधिको सरोकारवाला प्रति जित्रासा निरन्तर रहेको छ ।

साझेदारी मञ्च गठनका क्रममा सहजिकरण सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवार को उपस्थिति रहेको थियो । यस साझेदारी मञ्च गठन प्रक्रियालाई सूचना संप्रेषण तथा संयोजन पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले गर्नु भएको थियो । साथै यस कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि वडा अध्यक्ष, र विषयगत कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।