Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

राष्ट्रपति भण्डारीको हातमा विश्वकपको ट्रफी

Sunday, October 28, 2018 National Power

११ कात्तिक, काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ । वल्र्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी शीतल निवास पनि पुर्‍याइएको हो ।

वल्र्ड टुरमा रहेको ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो । त्यही साँझ स्वयम्भू र शनिबार पोखरा लगिएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो । ट्रफी भोलि बसन्तपुरमा सार्वजनिक प्रदर्शनीमा राखिनेछ ।