Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

पोर्चुगलमा दशैं विशेष कार्यक्रम

Tuesday, October 23, 2018 National Power

नेपाली हिन्दुहरुको महान पर्व वडा दशैको उपलक्ष्यमा पोर्चुगलको सान्तोतोनियामा विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज सान्तोतोनिया पोर्चुगलको आयोजनामा भएको उक्त कार्यक्रममा उक्त क्षेत्रमा वसोवास गरी विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

आफ्नो घर परिवारबाट टाढा रहेका दाजुभाइ तथा दिदिवहिनीहरुको लागि आफ्नो चाडपर्व तथा रितिरिवाजबाट टाढिएको महशुस नहोस भन्ने हेतुले विभिन्न समयमा यस्ता प्रकारका कार्यक्रमहरुको आयोजना गरिने गरेको नेपाली समाज सान्तोतोनियाका अध्यक्ष कमल ठकुरीले जनाए । साथै उनले समाजले यस्ता किसिमका मनोरन्जन तथा शुभकामना आदप्रदानको कार्यक्रहरु मात्र नभई यस क्षेत्रमा रहेर विभिन्न पेशा व्यवसाय गरिरेका नेपालीहरुलाई विभिन्न समयमा आइपर्ने समस्याहरु निराकरण गर्न पनि भूमिका खेल्ने गरेको बताए ।

कार्यक्रमममा कलाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।