Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सर्वेन्द्र सर, अब चाहिँ साँच्चिकै कमाण्डर बन्ने कि ?

Monday, October 15, 2018 National Power

२९,असोज – काभ्रे गत साता विद्यार्थी संगठनका नेताहरुले प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजिनामाको माग गरेको खबर आयो । लगत्तै अर्को खबर पनि सार्वजनिक भयो– प्रहरी प्रमुखको राजिनामाबारे विद्यार्थी नेताहरुबीच मत बाझाबाझको ।

प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजिनामा मागिनुका पछाडिको नियत या उद्देश्य जे भएपनि त्यो यहाँ चर्चाको विषय होइन, बरु चर्चाको विषय सर्वेन्द्रको कमाण्डको हो । कमाण्ड अर्थात् सिँगो प्रहरी संयन्त्रलाई सञ्चालन गर्ने, व्यवस्थापन गर्ने र नियमन गर्ने । सर्वेन्द्रले राजिनामा नै दिनुपर्ने ‘गल्ती’ गरेका छन या छैनन्, त्यो इतिहासमा उनको भूमिकाले मूल्यांकन गर्ला । तर, बाहिर बृत्तमा एउटा आम चर्चा भने उल्लेख गर्नैपर्छ । त्यो हो– आम जनताले भने अहिले आफूले चिनेका सर्वेन्द्रलाई पाइरहेका छैनन् ।

जनता तिनै सर्वेन्द्रलाई खोजिरहेका छन् । तिनै सर्वेन्द्र खनाल, जो आफ्नो व्यवसायिक कुशलतामा अब्बल मानिएर, कैयन् सफलतामूलक काम गरेर सबैको मन जित्न सफल भएका थिए । तिनी सर्वेन्द्र खनाल, जसलाई जटिल परिस्थितिमा वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाइन्थ्यो ।

विगतमा त्यसरी कतिपय जटिल घटनाहरुमा कुशलतापूर्वक नेतृत्व दिएका खनाल मातहतको प्रहरी नै सबै भन्दाबेसी आलोचित बनेको अवस्थामा जनताले पुरानै सर्वेन्द खोज्नु स्वभाविकै हो । र, जनताको यो चाहना पुरा गर्न सक्नु प्रहरी प्रमुखको अहिलेको मुख्य चुनौती पनि ।

जनता तिनै सर्वेन्द्रलाई खोजिरहेका छन् । तिनै सर्वेन्द्र खनाल, जो आफ्नो व्यवसायिक कुशलतामा अब्बल मानिएर, कैयन् सफलतामूलक काम गरेर सबैको मन जित्न सफल भएका थिए । तिनी सर्वेन्द्र खनाल, जसलाई जटिल परिस्थितिमा वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाइन्थ्यो ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको भूमिकाको निशाना सर्वेन्द्र परेका छन् । तर निर्मला हत्याकाण्डको अनुसन्धान त एउटा घटना हो, देशका अन्य भूभागहरुमा समेत नेपाल प्रहरीको भूमिका देखेर, नेपाल प्रहरीले देखाएको संवेदनशीलता देखेर, कतिपय घटनामा देखिएको अराजकताको अवस्था देखेर मानिसहरुले प्रहरीमाथि आलोचना शुरु गरेका छन् ।

प्रश्न उठ्नु स्वभाविकै हो, त्यसरी विगतमा कुशल भूमिका निर्वाह गरेका खनाल नै प्रहरी प्रमुख हुँदा पनि किन यस्तो रु किन उनको कमाण्डमा प्रहरी झनै चुस्त, दुरुस्त र जन उत्तरदायी हुन सकेको छैन । किन उनको चेन अफ कमाण्ड भत्किएको छ रु किन उनले तहतको संगठनलाई पूर्ण अनुशासनमा ल्याउन सकेका छैनन् ।

किन नेपाल प्रहरी विगत जस्तै छ, किन हुनेखानेहरुको मात्रै कुरा सुनिन्छ र आम जनतामा अहिले पनि ‘मुम्बईया पुलिस’को छवि कायमै छ रु किन मानिसहरुमा प्रहरीप्रतिको विश्वास गुम्दै गएको छ रु र, प्रहरी संगठनलाई बदनाम गर्न खोज्ने तत्वहरु सक्रिय भएका छन् । के कुराले प्रहरीलाई साँच्चिकै जनताको संरक्षक बन्नबाट रोकेको छ रु

सम्बन्धित् समाचार बालिका बलात्कारीलाई १४ वर्ष जेल सजाय

यी प्रश्नहरु अहिले आमरुपमा चर्चामा आएका विषय हुन । र, त्यही अनुरुप जनताले विगतको सर्वेन्द्र खनाललाई खोजेको हुन् । मधेश आन्दोलनको रापमा दुई नम्बर प्रदेश जलेको बेला, धनुषा आन्दोलनकारीको कब्जामा परेको थियो । त्यो बेला उनले कुशलतापूर्वक केन्द्रबाट गएर त्यहाँको अवस्था सम्हालेको जनताले सम्झेका छन् ।

कुमार घैंटेको इन्काउण्टरदेखि लागूऔषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गर्न सफल खनालले यस्तै थुप्रै अप्रेसन सफलता पूर्वक गरेको तुलना अहिलेको उनको भूमिकासँग गरिनु स्वभाविकै हो । अझ निर्मला हत्याकाण्डमा प्रहरी नै शंकामा रहेको बेला मानिसहरु उनले कुनैबेला पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन गरेको घटना सम्झिन्छन् ।

जनताले विगतको सर्वेन्द्र खनाललाई खोजेको हुन् । मधेश आन्दोलनको रापमा दुई नम्बर प्रदेश जलेको बेला, धनुषा आन्दोलनकारीको कब्जामा परेको थियो । त्यो बेला उनले कुशलतापूर्वक केन्द्रबाट गएर त्यहाँको अवस्था सम्हालेको जनताले सम्झेका छन् ।

म्याच फिक्सिङ धन्दा समाप्त गर्न सफल उनको त्यो अनुसन्धान नेपालको फुटबल इतिहासमा नै दर्ता भएको छ । यतिबेलै नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बने सहसचिव रामआधार साहमाथि उनको अप्रेशन चल्यो, पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि उनले कानुनी दायरामा ल्याए ।

यस्ता कैयन् घटनाहरु छन्, जमिम शाहको हत्यामा आरोपित जगदिश चन्दको पक्राउदेखि ललितपुर बडिखेलको १२ वर्ष पुरानो सामूहिक हत्याकाण्डको पर्दाफास गरिनु उनको सफलता थियो । युनिटी लाईफको पर्दाफासदेखि कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गर्न सफल खनालले राजधानीको ट्राफिक व्यवस्थापनलाई समेत कुशलतापूर्वक नयाँ मोड दिएको घटना अहिले मानिसहरु सम्झिन बाध्य छन् ।

त्यसो भए यति कुशलतापूर्वक अनुभव बटुलेका खनाल अहिले किन कमाण्ड लिन सकेका छैनन त रु जबकि अहिले त उनका लागि झन सहज वातावरण थियो । उनलाई विश्वास गरेर उनको विगतको इतिहासको मूल्यांकन गरेर उनी प्रमुख भएका हुन् ।

सम्बन्धित् समाचार यस्ता छन् गुल्मीमा अडियो आतंकका चार फायरहरु

अर्कोतर्फ गृहमन्त्री रामबहादुर थापा छन्, जसलाई व्यक्तिगतरुपमा केही लाभहानी लिनु छैन । बरु उनले समाजलाई अग्रगति दिन नै जीवन उत्सर्ग गर्दै आएका छन् । यता खनालको व्यवसायिक अनुभव र उता गृहमन्त्री राम बहादुर थापा हुन । यो संयोगले त झनै प्रहरी प्रशासन चुृस्तरुपमा अघि बढ्नु पर्ने हो ।

गाउँ गाउँ, टोलटोलमा टोले गुण्डाहरुको सातो जानुपर्ने हो, कालो बजारीहरु त्राहीमाम हुनुपर्ने हो, हिंसामा पूर्ण कमी आउनुपर्ने हो, तस्करहरु खोरमा जानु पर्ने हो । कहिँ कतै हत्या हिंसा भएमा तत्कालै त्यसमा तदारुकताका साथ अनुसन्धान भएर हत्यारा जेलमा पुग्नुपर्ने हो

 

Everst दैनिक बाट