Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

दुई महिना कर्मचारी भर्ना नखोल्न लोकसेवालाई सरकारको आग्रह

Sunday, October 14, 2018 National Power

२८ असोज, काठमाडौं –  सरकारले लोकसेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगलाई आउँदो मंसिरअघि विज्ञापन नखोल्न आग्रह गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारले नेपालको हालको शैक्षिक जनशक्तिको अवस्थाको अध्ययन गरी आगामी दिनमा कस्ता जनशक्ति आवश्यक पर्छन् भन्ने विषयमा विस्तृत अध्ययन गरी सुझाव दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गरेको छ । उक्त समितिले नेपालको इन्जिनियरिङ, चिकित्सा, वाणिज्यलगायत कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति रहेको छ र देशलाई कस्ता जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा विस्तृत सुझाव दिने मन्त्री ज्ञवालीले बताए । यस समितिले ६ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय दिइएको छ ।

सरकारले मेडिकल शिक्षामा यस वर्ष शुल्क वृद्धि गर्न नपाइने निर्णय पनि गरेको छ । विगतमा मेडिकल शिक्षाको शुल्क निर्धारण गर्न गठित कार्यदलले तोकेको शुल्क भन्दा बढी लिन नपाइने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । सरकारले जमलमा विगतमा जनप्रशासन क्याम्पस रहेको ठाउँमा राष्ट्रिय पुस्तकालय राख्ने निर्णय पनि गरेको छ । त्यस्तै जनकपुर जयनगर रेल वेमा नेपाली झण्डासहितको रेल चलाउन आवश्यक कानुन लगायतका अन्य संरचना निर्माणको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।