Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

काठमाडौंमा खाद्य संस्थानले थाल्यो खसीबोका र च्याङ्ग्राको बिक्री

Friday, October 12, 2018 National Power

२६ असोज, काठमाडौं – नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ । खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबार विहानबाट खसीबोका र च्याङग्राको बिक्री सुरु गरिएको प्रवक्ता शंकर सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

संस्थानले यसवर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ । जसमा संस्थानले १० रुपैयाँ छुट दिनेछ । यो मूल्य बजार भाउ भन्दा ४० रुपैयाँ सस्तो भएको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ ।

भोलिसम्म थप पाँच सय च्याङ्ग्रा र २५० खसीबोका आउने उनले बताए । संस्थानले तराईबाट खसीबोका र हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याउने गरेको छ । खसीबोका हेटौंडाबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याइएको संस्थानले जनाएको छ । संस्थानले हरेक वर्ष काठमाडौंका हकमा थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दशैंका लागि सुपथ मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको छ ।