Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

अमृतले ल्याए दशैको कोशेली कमेरो

Tuesday, October 2, 2018 National Power

काठमाण्डौ- बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति रहने गरि दशैको साङ्गितिक कोसेली स्वरुप कमेरो यू टुब मार्फत सार्बजानिक भएको छ।

खाती र गौतमको आवाजमा रहेको उक्त गीतमा लय नयन सोडारी चिन्तितको रहेको छ भने सब्द स्वयम खातीकै रहेको छ। विभिन्न पेशा र ब्यबसायको शिलशिलामा बिदेशिएका र आफ्नो जन्मघरबाट टाढा रहेका नेपालीहरुलाई लक्षित गरेर यसपाली दशै तिहार मनाउन घर फर्किने आशय झल्काउने कथा बस्तु समेटिएको उक्त गितमा बरिष्ठ अभिनेत्री रमा थपलिया,चर्चित मोडेल महेन्द्र गौतम र शोभा त्रिपाठीको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

बाल कलाकारको रुपमा अनुरोध खाती,स्वीकृति खाती र शुशान खातीको अभिनय रहेको उक्त गीतमा छायांकन प्रबेश पोखरेलले गर्नु भएको छ। गोरखा चौतारी म्युजिक प्रा.लिले बजार ब्यबस्थापन गरेको उक्त गिको निर्देशन भने खमेस श्रेष्ठले गर्नु भएको छ। दशैको खुशीयाली मा नाच्ने खालको उक्त गितको भिडियो सम्पादन सुरेश श्रेष्ठले गर्नु भएको छ।