Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

१२ वर्षिया मर्सिफुलको बाल उपन्यास र संगीतकार श्रे्रष्ठको २७ औं एल्वम् एकै साथ विमोचन

Monday, September 24, 2018 National Power

८ असोज , काठमाडौं – गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायद्वारा रचित एवम् सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध आधुनिक गीतरगजलहरुको एल्बम जुहार तथा बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित पञ्चमणि उपन्यासको एक समारोहकाबीच आज काठमाडौंमा बिमोचन गरियो ।

उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्व, तथा लोकसँस्कृतिविद् वरिष्ठकवि तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको उक्त विमोचन कार्यक्रममा विमोचित उपन्यासको समीक्षा वरिष्ठ निबन्धकार युवराज नयाँघरेले, यसैगरी एल्बमको समीक्षा वरिष्ठ गीतगजलकार ज्ञानुवाकर पौडेल र वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले गरेका थिए ।

एल्बममा रमेश सुवेदीको अप्ठेरोमा नडराउ देशको माया गर्नेहरुू बोलको मनोजराजले गायको राष्ट्रप्रेमले ओतप्रोत गजका साथै दुनियाँले तेर्साएर हातै थाप्दो रहेछन् बोलेको बानिका प्रधान तथा प्रकाश रेग्मीले छुट्टाछुट्टै गायका गीत रहेका छन् भने दामु मर्सिफुलको हजार जन्म जन्ममा समीप बन्न पाउँ म बोलेको बहरमा रचित श्रेयसी चेम्जोङ्गले गायको गजल तथा कविता उपाध्यायको ईश्वर साँक्षी छन् बोलको गायिका चेम्जोङ्गले नै गायका गीत समाविष्ट छन्  भने चर्चित संगीतकार सन्तोष श्रेष्ठको यो २७ औँ एकल एल्वम्  हो।

यसैगरी त्यही परिवारभित्रका बालउपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित यो पञ्चमणि उपन्यास भने उनको पहिलो साहित्यिक कृति हो । सम्भवत १२ वर्षको कलिलै उमेरमा लेखिएको नेपालको यो पहिलो कृति हुनसक्ने भनी कार्यक्रमका समीक्षक तथा उपस्थित अतिथि स्रष्टाहरुले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठकवि तुलसी दिवस लगाएतका अतिथि साहित्यसर्जकहरुले यी कृतिहरुको चर्चा एवम् लेखक स्रष्टाहरुको प्रशंसा गर्दै शुभेच्छा प्रकट गरेका थिए ।


साँस्कृतिक सँस्थान, राष्ट्रिय नाचघर काठमाडौमा सम्पन्न उक्त विमोचन कार्यक्रम राप्ती साहित्य परिषद् दाङ्, रापती समाज काठमाडौं तथा उपन्यास समाज काठमाडौंले संयुक्तरुपमा आयोजना गरेका थिए । परिषद्का महासचिव तथा एल्बमका स्रष्टा रमेश सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा अर्का स्रष्टा दामु मर्सिफुलले धन्यवाद ज्ञापन गरेका थिए भने सङ्गीतकार सन्तोष श्रेष्ठ, कविता उपाध्याय तथा बालस्रष्टा अर्चितबाबु मर्सिफुल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गायक मनोजराज, प्रकाश केसी तथा गायिका श्रेयसी चेम्जोङ्गले गीत गायर दर्शक स्रोतालाई भरपुर मनोरञ्जन भरेका थिए । उक्त विमोचन कार्यक्रमको सहजीकरण रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैयाँले गरेका थिए