Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

श्रीदेवले अनुसंग गरे रोमान्स (भिडियो सहित)

Wednesday, September 19, 2018 National Power

काठमाडौं – पछिल्लो समयमा गीत संगीतलाई सुन्नको लागी मात्र हैन हेर्न पनि अनिवार्य हुन थालिसकेको छ यसर्थ म्युजिक भिडियोहरुको निर्माणको बाढी नै चलेको छ । जति गीत रेकर्ड हुन्छन्, ती गीतको म्युजिक भिडियो नबन्ने हो भने स्रोताले कुन गीत बजारमा आयो भन्ने थाहा थाहा पाउन मुस्किल छ।

गत सोमबार यूटुद्यव मार्फत ढुकढुकी मनमा आँधी वोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ, जुन गीतमा अभिनेता श्रीदेव भट्टराईले नायिका अनु शाहसँग सिन रोमान्स गरेका छन् ।

इन्दिरा भट्टराईको स्वर, शान्ति प्रियको शब्द र सन्तोष श्रेष्ठको संगीतमा तयार भएको ‘ढुक्ढुकी मनमा आँधी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काजिस श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् भने सम्पादन दिपक विष्टको रहेकोछ । उक्त म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् ।