३१ भदौ, काभ्रेपलान्चोक / अरबिन्द्र गौतम –काभ्रेपलान्चोक जिल्लाको बनेपामा बनेपा महोत्सव २०७५ यहि असोज ११ गते देखी हुने भएको छ। महोत्सव बनेपा ब्वाइज क्लबले आयोजना गर्दै छ असोज ११ गते देखि २१ गते सम्म महोत्सव संचालन हुने बनेपा ब्वाइज क्लबका अध्यक्ष महेश कर्माचार्यले पत्रकार सम्मेलनमा बताउनु भएको छ।
“हाम्रो अभियान खेलको शान,सँस्कृति र समृद्धि बनेपाको पहिचान ” भन्ने मुलनारा लिएर जिल्ला सहकारी संघ लि। र आसपासको खाली जग्गा गोदामचोकमा बनेपा महोत्सव २०७५ हुने भएको छमहोत्सवमा विजया दशामिको पावन अवसरमा आयोजित ब्यापरिक सँस्कृति मनोरञ्जनात्मक खेल मेला पनि हुनेछ
कार्यक्रममा स्थानीय कला, सँस्कृती झल्कने झाँकि , क्लब , विद्यालय , संघ संस्था, समितिहरुको विशेष सहभागिताका साथ बाजागाजासहि समुदघाटन हुने मेलामा कृषि , घरेलु सामाग्री लगाएत १ सय भन्दा बढी ब्यापारिक स्टलहरु रहनेछन् ।
प्रत्येक दिन राष्ट्रिय कलाकारको विशेष सँस्कृति कार्यक्रम , कोरियन प्रबिधि बाट बनेको खाना साथै पोखराको बन्ने थकाली खाना पर्व लक्षित सुपथ मुल्य सपिङ सेन्टरहरुको साथै स्थानीय कलाकारको दैनिकी बेजोड प्रस्तुति रहने आयोजक टिम बनेपा ब्वाइज क्लब ( बि.बि. सी ) ले जनाएको छ ।