Saturday 17th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आरम्भ तमाङको रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको अध्यक्षतामा सर्वसम्मतबाट निर्वाचित

Wednesday, September 12, 2018 National Power

काठमाण्डौ – तामाङहरुको पहिचान, भेषभुषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्दै नेपाल लगायत अन्य देशहरुमा समेत आफ्नो बेक्लै इतिहास बनाउन सफल म्हेन्दोमाया कलाकार संघले रुबिभ्यालीमा पनि नयाँ समिती बनाएका छन् ।


नयाँ समिती बिस्तार गर्ने क्रममा बिगत लामो समयदेखि आफ्नो जातीय कला र संस्कृतिलाई आफ्नो पहिचान बनाउदै तामाङ कलाकारितालाई एक नयाँ मोड दिन सफल गायक एवं नायक आरम्भ तामाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट निर्वाचित भएको हो । अध्यक्ष आरम्भ तामाङले विभिन्न चर्चित तामाङ गीतहरु दर्शकहरुमाझ ल्याइसकेका छन् जस्तै ( मुस्ताङ गाडिरी , तामाङ ठिटी र पालङ रोरो) लगायत थुप्रै गीतहरु गाइसकेका छन् ।त्यति मात्रै नभै तामाङ फिल्म सिङ्ला म्हानेमा समेत नायकको भुमिका निभाइसकेको छ र उनी अभिनित ङ्हो नामक नयाँ फिल्म आउदो केहि दिनमै प्रदर्शन हुने पनि जानकरी दिएको छ ।

रुबिभ्यालि म्हेन्दोमाया कलाकार संघको कार्यसमितिमा अध्यक्षमा आरम्भ तामाङ, उपाध्यक्षमा रमेश गोम्ज तामाङ, सचिबमा जयबिर तामाङ, सहसचिवमा राज गोम्ज तामाङ, कोषाध्यक्षमा छिमी मम्बा तामाङ, सह कोषाध्यक्षमा बिनिता तामाङ र सदस्यहरुमा बिमल तामाङ, शान्ती घले र मिकारानी घले रहेका छन् ।

समग्र तामाङहरुको पहिचानलाई संरक्षण र सम्बर्द्धन गरि कला, संस्कृति र रितिरिवाजलाई जगेर्ना गर्नका लागि रुबिभ्याली म्हेन्दोमाया कलाकार संघ खोलेको र यसले रुबिभ्याली क्षेत्रका तामाङहरुको कला र संस्कृतिको सम्बर्द्धनलाई पनि मद्दत पुग्ने अध्यक्ष आरम्भ तामाङले बताएको छ ।