Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाने दिन

Tuesday, September 11, 2018 National Power

२६ भदौ,काठमाडौ /अरबिन्द्र गौतम   हिन्दु नेपाली महिलाको महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाने दिन हो । यस दिन विभिन्न मिठा परिकार बनाएर खाने प्रचलन छ । तीजको ब्रत बस्ने दिनको अघिल्लो राती दाजुभाइले दिदीबहिनीलाई दर खुवाउने गर्दछन् । माइतीबाट टाढा रहेका चेलीबेटीलाई बोलाएर खीर, गुँद, ढकनी, हलुवा, घिउ, दुध, दही लगायत खानेकुरा सहितको दर खुवाउने गरिन्छ ।

चेलीको दुःख भुलाउनका लागि मनाइने गरिएको तीजमा भोलीपल्ट ब्रत बस्ने भएकाले पनि अघिल्लो दिन दर खाने गरिन्छ । परम्परमगत मान्यता अर्कै भए पनि केहि वर्ष देखि भने एक महिना पहिले देखि नै दर खाने विकृती वढेको छ । यसले वास्तविक दर खाने दिन भने भुल्न थालिएको आभास भएको छ । दर खाने परम्परामा तडक भडक र विकृति आएको प्रति संस्कृतिविदहरु चिन्तित छन् । केहि दिन अघि सामुहिक दर खाने क्रममा काभ्रेको पाँचखालमा ४ सय जना भन्दा वढी विरामी परेका थिए ।

आज राती दर खाएपछि भोली हरितालिकाको मुख्य दिन श्रीमानको दीर्घायुको कामना गर्दै महिलाहरु ब्रत बस्ने गर्दछन् । त्यस्तै अविवाहित महिलाले भने राम्रो पति पाउने विश्वासमा ब्रत बस्ने परम्परा छ ।हो । यस दिन विभिन्न मिठा परिकार बनाएर खाने प्रचलन छ । तीजको ब्रत बस्ने दिनको अघिल्लो राती दाजुभाइले दिदीबहिनीलाई दर खुवाउने गर्दछन् । माइतीबाट टाढा रहेका चेलीबेटीलाई बोलाएर खीर, गुँद, ढकनी, हलुवा, घिउ, दुध, दही लगायत खानेकुरा सहितको दर खुवाउने गरिन्छ ।

चेलीको दुःख भुलाउनका लागि मनाइने गरिएको तीजमा भोलीपल्ट ब्रत बस्ने भएकाले पनि अघिल्लो दिन दर खाने गरिन्छ । परम्परमगत मान्यता अर्कै भए पनि केहि वर्ष देखि भने एक महिना पहिले देखि नै दर खाने विकृती वढेको छ । यसले वास्तविक दर खाने दिन भने भुल्न थालिएको आभास भएको छ । दर खाने परम्परामा तडक भडक र विकृति आएको प्रति संस्कृतिविदहरु चिन्तित छन् । केहि दिन अघि सामुहिक दर खाने क्रममा काभ्रेको पाँचखालमा ४ सय जना भन्दा वढी विरामी परेका थिए ।

आज राती दर खाएपछि भोली हरितालिकाको मुख्य दिन श्रीमानको दीर्घायुको कामना गर्दै महिलाहरु ब्रत बस्ने गर्दछन् । त्यस्तै अविवाहित महिलाले भने राम्रो पति पाउने विश्वासमा ब्रत बस्ने परम्परा छ ।