Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कर्मचारीको पीडा महसुस गर्छु तर खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति छः मन्त्री पण्डित

Friday, September 7, 2018 National Power

२२ भदौ, काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीको पीडा अनुभूति गर्ने गरेको बताएका छन् । तर, कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति रहेको मन्त्री पण्तिले बताए । निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पडितले भने, ‘ कर्मचारीले पीडाको अनुभूति गरेको पनि महसुस हुन्छ तर खटाएको ठाउँमा जान्न भन्ने प्रबृत्ति खराब हो ।’

उनले सबै क्षेत्रमा सबै कर्मचारीको भूमिका हुने भन्दै कर्मचारीले हाँसी खुसी जिम्मेवारी लिन नसके देश र जनताका लागि धोका हुने बताए । मन्त्री पण्डितले कर्माचारी समायोजनका क्रममा सेवा सुबिधा कम भयो, म जान्न भन्ने कुरा नगर्न कर्मचारीहरूलार्इ अग्रह गरे । ‘सजिलो काम अरुलाई दिने रे अरु भनेको को रु यति सेवा सुबिधामा म त्यहाँ जान्छु त रु यस्ता कुरा गर्न भएन । मुलुक जति समृद्ध भयो त्यति नै बढी सेवा सुबिधा पाइन्छ ।’ उनले भने ।

मुलुक संघीयतामा गएकोले कर्मचारीमा पनि जिम्मेवारी थपिएको भन्दै मन्त्री पण्डितले सुखी नेपाली समृद्ध नेपाल बनाउन कट्टिबद्ध भएर लाग्न कमर्चारीलार्इ निर्देशनसमेत दिएका छन् । अहिले केही कर्मचारी कम भएको तर भएकैबाट अपेक्षित परिणाम आउन नसकेको बताए । कर्मचारीले परिमाणमुखी काम गर्नेगरी जिम्मेवारी बहन गर्नुको विकल्प नभएको मन्त्री पण्डितको भनाइ छ ।