अरबिन्द्र गौतम / काभ्रे
काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुकी ९देवानी र फौजदारी संहिता ऐन २०७४ का दर्जन बढी व्यवस्था संशोधनको माग गरेको छ ।
ऐनमा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै महासंघले बुधबार ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाएको हो ।