Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

काभ्रेपलान्चोक जिल्लाको नयाँबस्तिमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Sunday, September 2, 2018 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
२०७५ भाद्र १७ आईतवार
भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभरी भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

त्यस्तै काभ्रेपलान्चोक जिल्ला बनेपा नयाँबस्तीमा हरेको कृष्ण मन्दिरमा पनि श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । एक महिना अगाडि देखिनै काभ्रे नयाँबस्तीमा रेहेको मन्दिरमा श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्त गरेको थियो ।

बर्सेनि श्रीकृष्ण मन्दिरमा रहेको समितिले रक्तदान कार्यक्रम संचालन गर्द्छ । एक थोपा रगतले मानिसको ज्यान बाच्न सक्छ । त्यसैले हरेक बर्षा रक्तदान कार्यक्रम संचालन गरेको श्रीकृष्ण मन्दिरका समितिहरुले बताउँछन् ।यसै उपलक्ष्यमा श्रीकृष्ण मन्दिर तथा विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकी सहित शोभायात्रा निकाल्ने र बनेपाबजार परिक्रमा गराउने गरेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस अवसरमा कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मीएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरू मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकाल देखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।