Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

काठमाडौंमा पनि जमिन फाट्न थाल्यो, ४ घर भत्किए

Saturday, September 1, 2018 National Power

बूढानिलकण्ठ नगरपालिकाबिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् ।

 

१४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।

 

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।