Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

बलात्कारीलाई फाँसीको माग गर्दै कपाल मुण्डन

Tuesday, August 28, 2018 National Power

अरबिन्द्र गौतम
काठमाडौं बलात्कारविरुद्ध आन्दोलनमा होमिएका अधिकारीकर्मीहरुले कपाल मुण्डन गरेका छन् । बलात्कारबाट मृत्यु भएकाहरुको सम्झनामा उनीहरुले कपाल मुण्डन गरेका हुन् । संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन्

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जयनारी अभियान्ता साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल रहेका छन् ।

कपाल मुण्डन सरकारलाई बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको कानून बनाउन दबाब दिने अभियान भएको अभियान्ता सावित्रीले बताइन् । भदौ २ गते माईतीघर मण्डलामा पेटिकोट प्रर्दशन गर्दै चर्चामा आएकी सावित्री लगायत अधिकारकर्मीहरुले आफ्नो आन्दोलनलाई नयाँ स्वरुप दिएका हुन् ।