Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पोखरामा घट्यो दुःखद् घटना, १३ बर्षिय बालिका यस्तो अवस्थामा भेटिईन

Saturday, August 25, 2018 National Power

९ भदौ, पोखरा – पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मा.वि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १३ बर्षिया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर पुगिनन् ।

घर नपुग्दै तरकारी किनेर लानुछ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रबार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् । उनले लगाएको स्कट खोलिएको, भुईहरु तिथरेको, लगाएको जुत्ता र स्कुल ब्याग केही माथि भेटिएको थियो ।

उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । घटनाको प्रकृति उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शबलाई पोष्र्टमाटमको लागी पोखरा स्वास्थ्य बित्रान प्रतिष्ठान अस्पताल पोखरा लगिएको छ ।