Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पोखरामा घट्यो दुःखद् घटना, १३ बर्षिय बालिका यस्तो अवस्थामा भेटिईन

Saturday, August 25, 2018 National Power

९ भदौ, पोखरा – पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मा.वि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १३ बर्षिया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर पुगिनन् ।

घर नपुग्दै तरकारी किनेर लानुछ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रबार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् । उनले लगाएको स्कट खोलिएको, भुईहरु तिथरेको, लगाएको जुत्ता र स्कुल ब्याग केही माथि भेटिएको थियो ।

उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । घटनाको प्रकृति उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शबलाई पोष्र्टमाटमको लागी पोखरा स्वास्थ्य बित्रान प्रतिष्ठान अस्पताल पोखरा लगिएको छ ।