Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गृहमन्त्रीले भेटे कञ्चनपुर घटनाका घाइतेलाई

Friday, August 24, 2018 National Power

८ भदौ, काठमाडौं – कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।  यसअघि कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको घटनामाथि प्रहरीले गरेको अनुसन्धानमा प्रश्न उठाउँदै चर्किएको आन्दोलनका क्रममा बिहीबार गोली लागेर ४ जना घाइते भएका थिए । त्यसमध्ये भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

अस्पतालमा भण्डारीका आफन्तलाई कुराकानी गर्दै गृहमन्त्री थापाले सरकारले घाइतेको निःशुल्क उपचार गर्ने आश्वसन दिए । साथै, घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे । ‘घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय समिति गठन भइसकेको छ’, थापाले परिवारलाई आश्वस्त बनाउँदै भने, ‘सत्य, तथ्य बाहिर आउनेछ ।’  गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन समितिका ५ जनै सदस्यहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेका छन् ।