Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

 गीता सेन्चुरीले मौलिक तीज गित गाउदा सम्झना बुडाथोकीले माफी माग्नु पर्यो।

Thursday, August 23, 2018 National Power

काठमाण्डौ – पछिल्लो समय तीजका गितहरु बजारमा ल्याउने प्रतिस्पर्धा नै चलिरहेको छ । यसै शिलशिलामा चर्चित गायिका गिता सेन्चुरीको मौलिक तीज गित बजारमा आएको छ। गीतबाट पनि आफ्नो पृथक प्रस्तुतिको साथमा अशंख्य श्रोता एवम् दर्शकहरुको मन जित्ने आशा गर्छिन गायिका सेन्चुरी।प्रस्तुत गीतले बिकृति र विसंगतिको बिरुद्ध आवाज उठाएको छ ।

’तीजका गित नारीले गाउ भन्थे बुढापाकाले, छोरा मान्छे गायक भए तीजका भाकाले,, गाली हैन गुनासो हो सबले मनमा लिनु है , मैले बढी बोल्या भए क्षमा दिनु’ दिने है भन्दै गीतकै माध्यम बाट गायिका गीताले यदि आफुले गल्ति बोलेको भए क्षमा समेत मागेकी छिन् । भरत बराकोटीको शब्द र वसन्त थापाको लयमा सृजनाले सजिएको “क्षमा दिनु है” बोलको म्युजिक भिडियोमा गीतको भावअनुसार महिला मात्र समाबेस गरिएको छ ।

मोडल सम्झना बुढाथोकीले नृत्य सहितको अभिनय बाट पनि बिकृति र विसंगति बिरुद्ध प्रहार भएको छ । गीता सेन्चुरिको स्वर लहरी बाट सुसजित यस गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरेले र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीता सेन्चुरीको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई बसन्त थापाको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।सार्बजानिक भएको ५ दिनमै ५०औ हजार पटक हेरिएको उक्त गितले यसपाली तीजमा राम्रै सन्देश दिने अनुमान गर्न सकिन्छ।