Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गृहको निर्देशन उल्टाउँदै भौतिक, १२५ टिपरलाई २४सै घण्टा सञ्चालनको अनुमति

Tuesday, August 21, 2018 National Power

५ भदौ,अरबिन्द्र गौतम /काभ्रेपलाञ्चोक – साँझ ८ बजेअघि उपत्यकामा टिपर छिर्न नपाउने गृह मन्त्रालयको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उल्टाउन थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा लागू भएको नियमसँगै उपत्यकावासीले टिपरको आतंकबाट राहतको महसुस गरे पनि गृह मन्त्रालयको योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोडेको हो ।

टिपरले दुर्घटना बढाएको भन्दै गृह मन्त्रालयले उपत्यकामा बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएको थियो । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२५ टिपरलाई २४सै घण्टा सञ्चालन अनुमति दिन राजधानीसँग जोडिएका जिल्लाका प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवकोट र धादिङ जिल्लाका राजमार्ग छोएका प्रहरी कार्यालयहरूमा पत्राचार पुगेसँगै प्रहरीहरू समस्यामा परेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको सडक विभागले उपत्यकासँग जोडिएका काभ्रे, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई टिपर सञ्चालनको अनुमति दिन परिपत्र गरेको हो । सडक विभागले सबै टिपरको नम्बर नै उल्लेख गरेर पत्र पठाएको छ । सडक विभागलाई सरकारले आगामी १४ / १५ भदौमा नेपालमा हुन लागेको बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि भन्दै १२५ वटा टिपरलाई जुनसुकै समयमा गुड्न अनुमति दिएको हो ।