Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपालमा पहिलो पटक सांस्कृतिक अन्तराष्ट्रिय फिल्म महोत्सव हुदै

Saturday, August 18, 2018 National Power

काठमाण्डौ – राजधानीको भृकुटीमण्डप स्थित नेपाल पर्यटन वोर्डमा भाद्र २ गते शनिवार नेपाल संस्कृति तथा चलचित्र केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी नेपाल संस्कृति अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१८ को आयोजना गरिने जानकारी गराएको छ ।

नोभेम्वर २३ – २६ तारिख (मंसीर ७–१० गते) सम्म काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको साँस्कृतिक फिल्म महोत्सव हुने आयोजकले जनाएको छ ।

महोत्सवका वारेमा प्रष्ट पार्दे कार्यक्रमका निर्देशक सुदर्शन थापाले यो अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएकाले सवैको साथ र समर्थन आवश्यकता रहेको वताए उनका अनुसार नेपाल र अन्य देशका सिनेमाका मेकरहरु विच विविध किसिमको साक्षत्कार एवं छलफल कार्यक्रमहरु पनि गरिने भएकाले महोत्सव फलदायी हुने वताए ।

नेपाल र विभिन्न देशको संस्कृति आदान प्रदान गर्ने उदेश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रले आयोजना गर्न गईरहेको महोेत्सवमा भाग लिनको लागि जुलाई ७ देखी नै आवेदन खुल्ला गरिएको र आवेदनको म्याद सेप्टेम्वर ७ सम्म मात्रै रहने वताउँदै कार्यक्रमको औचित्य माथी प्रष्ट पार्दै नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रम भव्य, सभ्य र सुसंस्कृत रुपमा सम्मपन्न गरिने जानकारी गराए ।

चलचित्रकर्मीहरुले आफ्नो सिनेमालाई महोत्सवमा निःशुल्क रुपमा सहभागी गराउन सक्नेछन् भने संस्थाको वेवसाईट  www.ncfc.org.np/1stnciff  वाट पनि शंसारभरवाट फारम भर्न सकिने अध्यक्ष सुवेदीले वताए । नेपाल लगायत महोत्सवमा अन्य विभिन्न देशहरुको पनि सहभागिता रहने भएकाले कार्यक्रम भव्य र सभ्य हुनेमा आयोजक विश्वस्त रहेकोछ । पाँच दिन सम्म चल्ने उक्त महोत्सवमा उत्कृष्टताका आधारमा अवार्ड तथा सम्मान प्रदान गरिने छ ।

महोत्सवमा फुल लेन्थ फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, चिल्ड्रेन फिल्म, महिला सम्वन्धि वनेका चलचित्रहरुलाई सहभागी गराईनेछ भने पव्लिक च्वाईस अवार्ड, जुरी अवार्ड, ईन्करजमेन्ट अवार्ड सहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा उत्कृष्ठ हुने फुल लेन्थ फिचर फिल्मलाई ट्रफी सहित १००० अमेरिकी डलर नगद पुरस्कार दिईने छ भने सर्ट फिल्मलाई ट्रफी सहित २५० अमेरिकी डलर नगद पुरस्कार, डकुमेन्ट्री फिल्मलाई ट्रफी सहित ५०० अमेरिकी डलर नगद पुरस्कार, चिल्ड्रेन फिल्मलाई ट्रफी सहित २५० अमेरिकी डलर नगद पुरस्कार र महिला सम्वन्धि वनेका चलचित्रहरुलाई ट्रफी सहित २५० अमेरिकी डलर नगद पुरस्कार दिईने आयोजक समितिका अध्यक्ष सुवेदीले वताए ।

उक्त पत्रकार सम्मेलनमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर वोगटी, वरिष्ठ चलचित्रकर्मीहरु मोहन निरौला, रविन्द्र खड्का, सुभाष गजुरेल वरिष्ठ पत्रकार तीर्थ कोईराला, चलचित्र निर्देशक माधव राज खरेल नायक श्रीदेव भट्टराई, समासेवी ओम गुरुङ्ग, अधिवक्ता सिताराम घले लगाएतका व्यक्तिहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमलाई गीतकार एवं संचारकर्मी पुरुषोत्तम सानुले संचालन गरेका थिए ।