Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

निर्माणधिन कल्पेश्वर मन्दिरमा हजारौको सहभागिता

Friday, August 17, 2018 National Power

काठमाण्डौ – मानव कल्याण आध्यात्मिक संघले यस वर्षको नागपञ्चमीको अवसरमा भक्तपुरको चागुनारायणमा – ८ कलामसी हेलिकप्टरबाट पुष्पवृष्टि गराई भव्य नाग तथा माहादेवको पूजा अर्जना गरी भव्यताका साथ मनाइयो ।

 सो अवसरमा शिव तान्त्रिक गुरु बुद्धि कुमारज्युको अगुवाइमा बाल कुमारी मन्दिर ललितपुरमा ११ हजार भन्दा बढि भक्तजनहरू भेला भइ ब्यवस्थित बसहरूबाट भक्तपुरको चागुनारायण ८स्थित कलमसिमा निर्माणाधिन १०८ फिट अग्लो कल्पेश्र्वर माहादेवमा पुगि हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

पूजापछि भक्तजनहरुलाई शिव तान्त्रिक गुरु बुद्धि कुमारज्युबाट प्रसाद ग्रहण गराईएको थियो । सो अवसरमा जि.स.का अध्यक्षको प्रमुख आतिथ्यमा अन्य अतिथिहरू रामकृष्ण कर्मचार्य, महेश जंग कुवंर लगायतका अन्य गन्यमान्य व्यक्तित्वहरूमाझ भव्य र सब्यढंगबाट नृत्य गाजाबाजा सहित मायाको चिनो र संमान पत्र वितरण गरि शिवतान्त्रिक गुरूको मन्तब्यसहित कार्यक्रम समापन गरिएको थियो।

अन्य सम्मानित हुने व्यक्तित्वहरुमा चलचित्र निर्देशक माधव राज खरेल,नेशनल पावर न्युज डट कमका राजन थापा र तिन वटा नेवारी व्याण्ड गरि ७ जना रहेका छन् ।

 

कमला जोशी