Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

सोसियल मिडिया फिल्म अवार्ड हुने

Wednesday, August 15, 2018 National Power

काठमाडौं- सोसियल मिडिया फिल्म अवार्ड हुने भएको छ । चलचित्र, बृत्तचित्र, विज्ञापन चलचित्र तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ आयोजना हुने भएको हो । मुलधारका सिनेमा, गीत सङ्गीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरक धारको अवार्डका लागि सोसियल मिडिया फिल्म अवार्ड २०७५ आयोजना गर्न लागेको ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.की अध्यक्ष सवनम मुखियाले जानकारी गराईन् ।

मुखियाका अनुसार लघु चलचित्र, बृत्तचित्र, जनचेतना मुलक बिज्ञापन र सोसियल मिडियोमा आउने भिडियोहरु जस्ता विधामा यो अवार्ड हुने भएको छ । सर्ट फिल्म अन्तर्गत उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक। उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिने छ । यस्तै बृत्तचित्र अन्तर्गत उत्कृष्ट बृत्तचित्र, जनचेतना मुलुक बिज्ञापन अन्तर्गत उत्कृष्ट पिएसए एड बिधामा अवार्डका लागि प्रतिस्पर्धा हुने छ ।

यस्तै सोसियल मिडियो अन्तर्गत बेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल, बेस्ट युट्युव भिडियो, बेस्ट च्यालेन्जिङ न्युज लाईभ, बेस्ट इन्करेजमेन्ट म्युजिकली, बेस्ट ट्रोल र पब्लिक च्वाईस अवार्ड प्रदान गरिने भएको छ । शोशियल मिडियासँग सम्बन्धि एक विशिष्ट व्यक्ति र एकजना सिने सञ्चारकर्मीलाई सम्मानित गरिने पनि आयोजक संस्थाकी अध्यक्ष मुखियाले जानकारी गराईन् ।

यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि फारम खुला गरिएको पनि सवनम मुखियाले जानकारी गराईन् । नेपालको पाहिलो महिला छायाँकार मुखियाले फारम र सम्बन्धित विधामा भाग लिने बृत्तचित्र, लघु चलचित्र, जनचेतना मुलक बिज्ञापन, युट्युव भिडियो आदि जम्मा भएपछि यसको अडिसन निस्कासनसँगै सोसियल मिडियो फिल्म अवार्डको अवार्ड प्रदान गरिने बताइन ।