Monday 9th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

रित्तिएको मन

Friday, August 10, 2018 National Power

रातको दस बजेपछी फोनमा कुरा हुन्थ्यो हाम्रो , म उसलाइ जिस्काउंदै भन्थे, यतिबेला हामी संगै भएको भए कति रमाइलो हुन्थ्यो है  ?
उ हाँस्दै भन्थी बिहे गर्नु नत छिटो, अनि त संगै भइन्छ नि । सधैं  म मायालु स्वरमा जवाफ दिन्थे अब अर्को साल है समि ? उ खुशी हुँदै भन्थी हवस् । अनि मलाइ सधैँ छातिमा सुताउन पर्छ है ?  म हाँस्दै भन्थे छातिमा पो सुताउनु डल्ली ?  म त तिमिलाइ खुट्टा बोकाएर सुत्छु भनेर सोच्दैछु ।

उ बच्चा झैँ स्वर बनाएर भन्थी नाइ के । चिमटी पो दिन्छु खुट्टा बोकाउनु भयो भने त । म उसलाई जिस्काउंदै भन्थे अनि आफ्नी बुढिलाइ खुट्टा बोकाउन नि नपाउनु मैले ?  उ रिसाए झैँ गर्दै भन्थी बुढिको काम चाहिँ खुट्टा बोक्ने होत  ? म उसै गरि भन्थेँ दिनमा त अरु काम हुन्छन् नि ? राती त त्यही खुट्टा बोकाउने त होनि ? कि के गर्नु पर्छ त  ? उ लाडिदै भन्थी हैन के, माया गर्नु पर्छ अनि छातिमा टाँसेर सुताउन पर्छ नि प्यारी बुढिलाइ । म हाँस्दै भन्थेँ मात्र त्यति नै हो राती गर्ने चाहिँ  ?

उ हाँसो रोक्दै भन्थी त्यति त होनि, राती उँदी अरु के गर्नु त  ? म जिस्किदै भन्थें अनि अरु केही नगरी कसरी छोरो पाउने नि  ? उ गलल हाँस्थी अनि भन्थी खै मलाइ के थाह ? म उसै गरि भन्थेँ कि छोराछोरी चाहिन्न हौ डल्लि  उ मायालु स्वरमा भन्थी चाहिन्छ नि, किन नचाहिनु म हाँस्दै भन्थे अनि रातभर छातिमा सुत्ने मात्र भन्छौ, के गर्न पर्छ छोराछोरी पाउन भनेर त थाहा रैनछ तिमिलाइ । उ पनि हाँसेर जवाफ दिन्थी थाहा छ के । म जिस्काउदै भन्थें के गर्न पर्छ मलाइ पनि भनन त ? उ लजाउदै भन्थी भन्दिन के, हजुरलाइ नै थाहा छनी । म भन्थेँ थाहा छैन मलाइ त, मलाइ सिकाइ देउ है ? उ लजालु स्वरमा भन्थी बाँदर, हवस् सिकाइ दिम्ला । म उसै गरि भन्थें अब अर्को पटक भेट्दा सिकाइ देउ है त ? उ तत्काल जवाफ फर्काउथी हस् । नाइँ नाइँ बिहेपछि मात्र के । म हाँस्दै भन्थे हस् भनी सक्यौ। अब सिकाउनै पर्छ के,नत्र त रिसाइ पो दिन्छु ।

उ प्यारो स्वरमा भन्थी बाँदर । सुत्नु अब धेरै फटाहा नभइ,बाइ,  लभ यु । यति भनेर उ फोन काट्थी अनि म ओछ्यानमा पल्टिएर नानाथरी कल्पना गदै केहिबेर सम्म छटपटिन्थे। केहिबेरपछि उसैको नाममा यौवनको केही थोपाहरु बगाइ दिन्थे अनि निदाउंथे मीठो निन्द्रमा । बर्षौँ पछि आज फेसबुक स्क्रोल गर्दै गर्दा एउटा भर्खरै जन्मिएको बच्चाको तस्बिर देखियो । तस्बिर उसैले राखेकी थिइ । क्याप्सनमा लेखेको थियो प्यारो छोरो । केहिबेर सम्म एकहोरो तस्बिर नियालीरहेँ। अनि मन मनै भनेँ मलाइ सिकायौ, जान्ने बनायौ अनि केही टेस्ट मात्र लिएर छोडिदियौ। आज अरु कसैले परीक्षा दिएछ अनि पास पनि भएछ ।