Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

जुनसुकै गीतले पनि बोल्न नसक्नेको व्यथा बोल्न सक्नु पर्छ : मच्छेश्वर सापकोटा

Wednesday, August 8, 2018 National Power

बनेपा काभ्रे साउन २३,  – काभ्रेपलान्चोक जिल्ला रयाले गा.बि.स. जन्मनुभएको वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा मुख्यतयाः लोक दोहोरी गायकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायकाहरु मध्ये पर्नुहुन्छ । प्रस्तुत छ उहाँसँग नेशनल पावर न्यूजका लागी अरविन्द्र गौतमले गर्नु भएको को छोटो कुराकानीः

० अहिलेसम्म कति गीत गाउनुभयो ?
- अहिले सम्म मैले अरुको स्वरमा र आफ्नै स्वरमा गरी लगभग 200 जति । 

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
लोक गायक भएकोले लोक गीत नै गाउछु ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
- सन्तुष्ट छु ।

० गायनबाटै बाँच्न सकिन्छ ?
- असम्भव , केहि अब्बल कलाकारहरू बाहेक ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
रेडियोमा लोक गीत सुनेरै भन्नु पर्छ ।

० कस्तो गायक बन्न मन छ अझै पछि गएर?
- असल गायक बन्ने मन हो , अरुले हेर्न लायकको मान्छे बन्ने रहर छ,कस्तो बनिन्छ थाहा छैन ।

० लोकगीत कस्तो होस् जस्तो लाग्छ  हजुरलाई ?
- लोक गीतमा अथवा जुनसुकै गीतले पनि बोल्न नसक्नेको व्यथा बोल्न सक्नु पर्छ ।

० लोक गीत मात्रै बढी गाउनुहुन्छ किन ?
- धेरै श्रोताले लोक गीत मन पराउने भएकोले ।

० तपाईले गायको सबै भन्दा चर्चाको गित कुन हो?
- त्यसका बाउको उछित्तो ,घरत रयाले,दुखीरहन्छ मन ,बुन्टेकि आमा आदि । 

० तिज पनि आयो तिजका गित कुनै गाउनु भएको छ?
- छैन ।

० पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
- पर्व विशेषका पनि हुनु राम्रो ,तर विसङ्गती,विकृति ,अन्याय ,अत्याचार विरुद्धको हुनुपर्छ ।

० तीज गीत कतिको चल्छ जस्तो लाग्छ ?
- राम्रो चल्छ ,अहिले लोक गीतको बजार राम्रो छ ।

० अन्तमा हजुर लाई केहि भन्न मन छ ?
- अरबिन्द्र जी तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।