Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

शान्ति शर्माको तीज गीत ञमाइतीघर आइयो नि साथी  वजारमा

Friday, July 27, 2018 National Power

काठमाण्डौ – विगत केहि वर्ष देखि तीज गीत भनेर गाइएका कतिपय गीतहरुमा परम्परागत मौलिकपन हराएको छ। तीजको भाका माथि नै अन्य भाकाहरुले हस्तक्षेप गरेका छन्। एकातिर भाका नै फरक त्यहि माथि महिला र पुरुषको उत्ताउला दोहोरी र नग्न शहरीकरणको नाममा गरिने त्यस्तै हाउभाउका भिडियोको कारणले मौलिक संस्कृति माथि नै प्रश्न चिन्ह जागेको छ।

पहिला पहिला अलिकति भाका सुन्ने वित्तिकै यो तीजको गीत रहेछ भनेर साधारण श्रोताले पनि सहजै अनुमान गर्न सक्थे तर अहिले भने भिडियोमा लेखिएको क्याप्सनको आधारमा यो त तीज गीत पो रहेछ भन्नुपर्ने वाध्यता छ।

यसै शिलशिलामा गजलकार शान्ति शर्माको शव्दरस्वरमा र चर्चित गीतकाररसंगीतकार राजकुमार वगरको अत्यन्तै मौलिक लयमा तीज गीत ञमाइतीघर आइयो नि साथीझ को भिडियो सार्वजनिक भएको छ।वर्ल्ड कभर मिडियाको प्रस्तुति रहेको सो भिडियोमा रामसिंह भाटको छायाङ्कन, बिरेन्द्र भाट विपिन को सम्पादन र रोहित वस्नेतको निर्देशन रहेको छ।