काठमाडौं – गायक चिरन्जीबी भण्डारीको ‘तिम्रो मायाले मार्यो मलाई’ बोलको नयाँ नेपाली आधुनिक तथा रक पप गीत सार्वजनिक भएको छ। युट्युब मार्फत सार्वजनिक भएको ‘तिम्रो मायाले मार्यो मलाई’ बोलको गीतमा गायक चिरन्जीबी भण्डारीको स्वर रहेको छ।
बिबी थापाको शब्द रहेको उक्त गीतमा किशोर खतिवडाको संगीत रहेको छ भने आगा लामाको एरेन्ज रहेको ‘तिम्रो मायाले मार्यो मलाई’ आधुनिक तथा पप गीतमा ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन्।
नारायण र सुर्यसीको अभिनय रहेको भिडियोलाई माधब बेल्वासेले सम्पादन गरेका छन् भने भुवन स्याङ्बोले निर्देशन गरेका छन्। उक्त भिडियोलाई राज कुमार महर्जनले निर्माण गरेका हुन्।
गीत हेर्न याहाँ क्लिक गर्नुहोला