Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

डा. केसीमाथिको धरपकड निन्दनीयः मसाल

Friday, July 20, 2018 National Power

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले चिकित्सा शिक्षासम्बन्धी माग राखेर अनशनरत डा. गोविन्द केसी र उनका समर्थकमाथि बिहीबार जुम्लामा गरिएको धरपकडको निन्दा गरेको छ । उसले बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।

डा। केसीको जीवनरक्षा अहिलेको महत्त्वपूर्ण कार्य भए पनि न्यायपूर्ण मागहरूलाई स्वीकार नगरेर सरकारले गलत बाटो समातेको उसको भनाइ छ । ‘डा. केसीको जीवनरक्षा गर्नु अहिलेको अत्यन्त महत्त्वपूर्ण कार्य हो,’ मसालका महासचिव मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, न्यायपूर्ण मागहरूलाई स्वीकारेर गर्नुपर्दथ्यो र पर्दछ पनि ।’

मसालले केसीका माग व्यक्तिगत नभएर जनताका भएकाले माथेमा प्रतिवेदनअनुसार यसको समाधान खोज्न सुझाएको छ । ओली सरकारको सिफारिसमा गत वैशाख १३ गते जारी गरेको अध्यादेशबाट विमुख भई नयाँ विधेयक प्रस्तुत गर्दा अहिलेको परिणाम आएको भन्दै मसालले माथेमा आयोगको प्रतिवेदन र स्वयं आफ्नै सिफारिसमा जारी अध्यादेश अनुरूप विधेयक संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेको छ ।